केपी ओलीलाई गाली गरेर अग्लाे भइँदैन : विष्णु रिमाल

Bishnu Rimal
लाेकपाटी न्यूज

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार विष्णु रिमालले केपी ओलीलाई गाली गरेर कोही पनि अग्लो नहुने तर्क गरेका छन् ।

सल्लाहकार रिमालले घुमाउरो शैलीमा केही नेताले गाली गर्दा आफू अग्लो भएको महसुस गर्ने उल्लेख गर्दै त्यसले उल्टै उनीहरुको कद घटाइहरेको बताएका छन् । ‘उहाँ अग्लो हुँदा अर्कोले त्यसैगरी गाली गर्छ । एकले अर्कालाई गाली गर्दा सिध्धिइन्छ भन्ने हेक्का हुनुपर्ने हो,’ उनले भने, ‘मर्यादाको संस्कृति निर्माण आलोचना, गालीबाट होइन, एकले अर्कालाई सम्मानबाट मात्रै हो ।’

उनले बुद्धिजीवीहरुले प्रधानमन्त्रीलाई लगाएको लाञ्छना शोभनीय नभएको बताउँदै भन्छन् उनले बोलेका सबै शब्द गाली नभएको उल्लेख गरे । उनले केपी ओलीलाई अहिले विरोध तथा आलोचना गर्ने बेला नभएको उनको भनाइ छ । उनी भन्छन्, ‘पी ओली नेकपाको मात्रै झन्डा होइन, मुलुककै झन्डा हो । यो झन्डा झर्दा हामी सबै अप्ठ्यारोमा पर्छौं ।’

सरकारको काम सुस्त भइरहँदा उनले आवश्यक परे मन्त्री पनि फेरिन सक्ने इंकित गरे । उनले कोही पनि स्थायी नहुने उल्लेख गर्दै भने, ‘मन्त्रीको मन्त्रालय फेरिन्छ । मन्त्री फेरिन पनि सक्छन्, नफेरिन पनि सक्छन् । प्रधानमन्त्रीको तजबिजको कुरा हो ।’