समितिलाई विभाग बनाइने : मन्त्री अधिकारी

Rabindra Adhikari
लाेकपाटी न्यूज

ललितपुर, २३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिलाई विभाग बनाउन लागिपरेको बताएका छन् ।

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आइतबार जावलाखेलमा आयोजना गरेको ‘राष्ट्रिय बौद्ध सम्मेलन–२०७५’ को उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले भूकम्पले क्षतिग्रस्त गुम्बाको पुनःनिर्माण भइरहेको बताए । बौद्ध धर्मालम्बीले साधना मात्र गरेर नहुनेमा उनको जोड छ । उनले भने, ‘साधना मात्र होइन कामसँगै साधना गर्नुपर्छ ।’

समितिका अध्यक्ष खेन्पो कर्मा छिरिङ टाँसी लामाले बौद्ध धर्मको प्रचारप्रसार गर्नुपर्ने आवश्यता औंल्याए ।