मन्त्री बिनाद्वारा महिला समूहलाई कुखुराको चल्ला वितरण

Bina Magar
लाेकपाटी न्यूज

कञ्चनपुर, २३ मंसिर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा रहेका विभिन्न महिला समूहहरुलाई कुखुराको चल्ला वितरण गरेकी छन् ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले कुखुराको चल्ला वितरण गरिएको हो । प्रज्ञा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मन्त्री मगरले प्रगतिशील महिला समूहलाई कुखुराको चल्ला वितरण गरेकी हुन् । कञ्चनपुरका विभिन्न क्षेत्रमा रहेका १ सय २० वटा महिला समूहलाई कुखुराको चल्ला वितरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले महिलाहरुलाई आत्मनिर्भर बनाई आयआर्जनमा जोड दिन सबै लाग्नुपर्ने बताइन् । उनले सामूहिक रूपमा महिलाहरुलाई सशक्त बनाई परनिर्भर हुनुपर्ने बाध्यताबाट मुक्त गर्नु पर्नेमा जोड दिइन् ।

उनले महिलाहरुलाई सीप सिकाई आयआर्जनमा लगाउन सके देशको समृद्धिमा समेत योगदान पुग्ने बताइन् ।