मनमोहन अधिकारीको सरकारबाट सिकौं : प्रचण्ड (भिडियो सुन्नुहोस्)

prachanda-10
लाेकपाटी न्यूज

काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले कम्युनिष्ट नेता, कार्यकर्ता र पार्टीले मनमोहन अधिकारीको सरकारबाट सिक्नुपर्ने बताएका छन् । जनसांस्कृतिक महासङ्घले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।

प्रचण्डले भने, ‘मनमोहन अघिकारीको पहिलो वामपन्थी सरकारले धेरै काम गरेको थियो । त्यसबेला जे–जति काम भएका थिए, अहिले त्यतापट्टी फर्केर हेर्नुपर्ने बेला भएको छ । त्यसबेला दिइएको वृद्धाभत्ता र आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम धेरै ठूलो कुरा थियो । त्यसले गाउँगाउँमा जनतालाई विकासमा लाग्न प्रोत्साहन गरेको थियो ।’

प्रचण्डले थपे, ‘अहिले हामीले समृद्धिको सपना, सुखी नेपालीको सपना र समाजवादको यात्रातिरको सपना बाँड्न खोजेका छौं । तर, यदि सपना अभियानसँग, कार्यक्रमसँग, सांस्कृतिक रुपान्तरणतिर जोडिएन भने ती सपना दुष्सपना हुन पुग्छन् र त्यसले समाज र राष्ट्रमा केही नयाँ चीज दिन सक्दैन ।’

‘अहिले हामीले विकासको कुरा गरेका छौं, त्यसलाई अभियानको रुप दिनु छ’ प्रचण्डले भने, ‘विकासलाई जनताको उत्सवको लैजानुपर्छ, जनताले उत्सवको रुपमा काम गर्ने वातावरण बनाउनुपर्छ । हामीले त्यसो गर्न सक्नैपर्छ ।’

प्रचण्डले भने, ‘अस्ति भर्खरै मात्र पनि परिवर्तन संस्थागत गर्न धेरै समस्या झेलेर सफलता हासिल गरेका छौं । देशलाई संविधान दियौं, निर्वाचन गर्न पनि हामी सबैको धेरै ठूलो संकल्प छ । अब यहाँ आएर हामीले जनतामा गरेका संकल्प गर्नु हुँदैन ।’

उनले भने, ‘समृद्धि अमूर्त नाराले आउँदैन । के हो समृद्ध नेपाल, के हो, खुसी नेपाली ? मूर्त योजना र कार्यक्रम चाहिन्छ । अहिलेकै राज्ययन्त्र र ब्यूरोक्रेसीले विकास हुँदैन, त्यो देखिसकियो । त्यतातिर हामी सबैको जोड हुनुपर्दछ । अभियान र संकल्प गर्नुपर्दछ ।’

खुसीराम पाख्रिन स्मृति सांस्कृतिक कार्यक्रममा बोल्दै प्रचण्ड।

खुसीराम पाख्रिन स्मृति सांस्कृतिक कार्यक्रममा बोल्दै प्रचण्ड।

Posted by Lokpati.com on Sunday, December 9, 2018

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्