अष्ट्रेलियामाथि भारतको पहिलो जीत, पुजारा बने नायक

Indian Cricket Team
लाेकपाटी न्यूज

एजेन्सी । भारतले अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा ३१ रनको जीत दर्ता गरेको छ । एडिलेडमा भएको खेलमा भारतले दिएको ३२३ रनको लक्ष्य पछएको घरेलु टोली अष्ट्रेलिया २९१ रनमै सीमित भयो ।

भारतले १० वर्षपछि पहिलो पटक अष्ट्रेलियालाई उसकै मैदानमा पराजित गरेको हो । यसअघि भारतले सन् २००३ मा टेष्ट श्रृ‌ंखला जितेको थियो । साथै भारतले श्रृखलाको पहिलो टेष्टमा अहिलेसम्म अष्ट्रेलियालाई हराउन सकेको थिएन । भारतले पहिलो इनिङमा चेत्येश्वर पुजाराको शतकसँगै २५० रन बनाएको थियो । पुजाराले १२३ रन बनाएका थिए ।

अष्ट्रेलियाले २३५ रन बनाउँदा भारतले १५ रनको मात्र अग्रता लिएको थियो । दोस्रो इनिङमा भारतले ३०७ रन बनाउँदा अष्ट्रेलिया २९१ रनमै समेटिएको हो । म्यान अफ द म्याच बनेका पुजाराले भारतका लागि दोस्रो इनिङमा ७१ रनको शानदार इनिङ खेलेका थिए । जीतसँगै भारतले चार म्याचको सिरिजमा १-० को अग्रता लिएको छ ।