बालुवाटारबाट समातिए मानवअधिकारकर्मी

Human right
लाेकपाटी न्यूज

काठमाडौं, २४ मंसिर । प्रहरीले बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई नियन्त्रणमा लिएको छ । मानवअधिकारकर्मीले निषेधित घेरा तोड्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोमबार ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा उनीहरुले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिएका थिए ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गते उखुबारीमा बलात्कारपछि हत्या भएको अवस्थामा भेटिएको थियो । हालसम्म दोषी पत्ता लाग्न सकेको छैन ।