कोहली-नेहा ब्रेकअप !

लाेकपाटी न्यूज

एजेन्सी । बलिउड एवं पञ्जाबी गायिका नेहा कक्कडले केही दिनदेखि प्रेमसम्बन्धका कारण चर्चामा थिइन् । फिल्म ‘यारियां’का अभिनेता हिमांश कोहलीसँग उनको नाम जोडिँदै आएको थियो । दुवैले इन्डियन आइडल शोमा आफ्नो माया दर्शाएका थिए । तर, अहिले लाग्छ- उनीहरुको प्रेमको दूरी बढेको छ ।

खबरलाई मान्ने हो भने दुवैले एकअर्कालाई सामाजिक सञ्जाल इंस्टाग्राममा अनफलो गरेका छन् । बेस्ट कप्पलको रुपमा समेत लिइने यस जोडीमा अहिले खटपट आएको बुझिएको छ । नेहा कक्कडको परिवारसँग पनि हिमांश देखिइसकेका छन् । स्मरण रहोस् गायन रियालिटी शोका क्रममा नेहाले उनको जिन्दगीको सबैभन्दा खास मानिस हिमांश भनेकी थिइन् ।

11_04_2018-lonehasingier

नेहाले हिमांशसँग अन्तिम पोस्ट ७ नोभेम्बरमा गरेकी छन् । यसपछि यी दुईबीच असमझदारी भएको अनुमान लगाउन सकिन्छ । भारतीय सञ्चारमाध्यमले उनीहरुबीच ब्रेकअप भएको भन्ने कारण नै एकअर्काबीचको अनफलो नै हो ।

नेहा र हिमांशले ‘हमसफर’ गीतमा सँगै काम गरेका थिए ।