प्रदेश १ का थप ८ जनाले कोरोनालाई जिते, भोलि डिस्चार्ज हुँदै

coronavirus_blood_test
लाेकपाटी न्यूज

विराटगर, २५ वैशाख। प्रदेश एकमा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन्। उनीहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ। दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो।
हिजो मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए।

यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन्। भोलि ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन्। उनीहरु सबैको अवस्था सामान्य रहेको छ। प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो।

प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ। त्यस्तै आरडिटिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्