पञ्चकर्मसहितको स्वास्थ्य सेवा ‘विकल्प आयुर्वेद’ काठमाडौंमा

Bikalpa Aayurved
लाेकपाटी न्यूज

काठमाडौं, २४ मंसिर । चितवनवाट सेवा सुरु गरेको विकल्प आयुर्वेदले आफ्नो सेवा काठमाडौंमा पनि विस्तार गरेको छ । सोमबार काठमाडौंको बल्खुमा विकल्प आयुर्वेदले हेल्थ सेन्टर उद्घाटन गरेको छ । स्वास्थ्य सेवा निकै महंगो बन्दै गइरहेको अवस्थामा विकल्पले सस्तो र गुणस्तरीय सेवा विस्तार गरेर आयुर्वेद स्वास्थ्यमै नयाँ आयाम ल्याउने संचालकको दावी छ ।

bikalpa

सबै वर्गले स्वास्थ्य सेवा लिन सक्ने भएकाले छोटो समयमै यसले मुलुकका विभिन्न शहरमा आफ्नो सेवा विस्तार गरीसकेको जनाएको छ । नारायणगढबाट सुरु भएको विकल्पले अहिलेसम्म धनगढी, पोखरामा आफ्नो शाखा विस्तार गरिसकेको छ । काठमाडौंमा सोमबार उद्घाटन गरेका विकल्पका संचालक गोपाल आचार्यले इटहरी, बुटवल, नेपालगञ्ज र दाङमा तत्काल सेवा विस्तार गर्ने संस्थाको योजना भएको बताए ।

एउटा अस्पतालबाट प्राप्त हुने सबै किसिमका सेवा विकल्प आयुर्वेदा हेल्थ सेन्टरवाट पाइने संस्थाका अध्यक्ष आकाश थापाले बताए । बल्खुमा संचालन भएको हेल्थ सेन्टरमा ओपिडी, छारसुत्र, पञ्चकर्म, पिजियो थेरापी तथा ल्याव संचालनमा छ । बल्खुमा चिकित्सक सोमनाथ चौधरी र रोशन पुन लगायत अन्य अनुभवी स्वास्थ्यकर्मीहरुले गुणस्तरीय स्वास्थ्य सेवा दिने आचार्यको भनाइ छ ।

विभिन्न प्रकारका मेडिसिन र जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेको प्रभावका कारण आयुर्वेद चिकित्सा पद्धतीनै अबको निर्विकल्प स्वास्थ्य सेवा भएकाले आफूहरु यो अभियानमा लागेको संचालक थापाले बताए । उनले आयुर्वेद चिकित्सा पद्धती अन्तर्गत नै सेवा दिने अन्य संस्था भन्दा आफूहरु समाजिक उत्तर दायित्व समेत बहन गरेर अगाडी बढेका कारण सफल हुने दावी गरे ।

‘मुलुकमा आयुर्वेद सेवा दिने भन्दै खुलेका त्यस्ता संस्थाले स्वास्थ्य सेवालाई नै व्यापार बनाएका कारण गुम्दै गएको विश्वास आर्जन गर्नु हाम्रो चुनौती हो,’ अध्यक्ष थापाले भने, ‘हामी सेवामा कन्जुस्याई गर्दैनौं, सबैभन्दा सस्तो र सुलभ तरिकाले गुणस्तरीय सेवा दिनेछौं ।’ उनले आफ्नो हेल्थ सेन्टरमा आएका कुनै पनि बिरामी पैसा खर्च गरेर निराश भएर जान नपर्ने दावी गरे । ‘रोगीको रोग निको पार्ने र निरोगीको स्वास्थ्य रक्षा गर्ने सन्देशसहितको उपचार पद्धतीमा सामाजिक संस्थाहरुसँग सहकार्य गरेर हिँड्ने उनले बताए ।

bikalpa9