प्रचण्ड सिक्लेसमा, स्थानीयको भव्य स्वागत (भिडियो)

prachanda -11
लाेकपाटी न्यूज

कास्की, २४ मङ्सिर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बेलुका सिक्लेस पुगेका छन् ।

अध्यक्ष प्रचण्डलाई सिक्लेसी समुदायले बाजागाजा र फूलको माला सहित भव्य रुपमा स्वागत गरेका छन् । प्रचण्डको साथमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलामा पनि सिक्लेस पुगेका छन् ।

माओवादी युद्धमै रहेका बेला प्रचण्ड शान्ति वार्ताका लागि सिक्लेसबाट काठमाडौं पुगेका थिए । तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला अध्यक्ष प्रचण्डलाई लिन सिक्लेस पुगेका थिए । सिक्लेसबाट काठमाडौं पुगेका प्रचण्डको यात्राले आज देशमा गणतन्त्र र नयाँ स्थापित छ ।peace stupa

शान्ति सम्झौता भएर, संविधान घोषणा भएर निर्वाचन सम्पन्न भएर नयाँ राजनीतिक परिस्थितिमा एकचोटी फेरि त्यो ऐतिहासिक गाउँ सिक्लेसमा प्रचण्ड पुग्नुलाई महत्वका साथ हेरिएको छ । सिक्लेस सरकारसँग वार्ता गर्न पहिलो पटक २०६३ असार २ गते माओवादी खुल्ला रुपमा सार्वजनिक भएको ठाउँ हो ।

प्रचण्डले सिक्लेसमा निर्माण गरिएको स्तुपाको उदघाटन गर्नेछन् । विभिन्न रुपमा अथ्र्याउन सकिने त्यो मूर्तिका डिजाइनर कलाङले सिक्लेसमा जनयुद्धपछिको शान्ति वार्ता झल्कने मूर्ति कुँदेका छन्। तत्कालीन माओवादी र सरकारपक्षबीच शान्ति सम्झौता भएको १२ वर्ष भएको अवसरमा उक्त मूर्तिको आज अनावरण हुँदैछ।

मादी गाउँपालिकाको १० लाख लगानीमा बनेको उक्त मूर्तिलाई शान्ति स्तम्भ नाम दिइएको छ। दउक्त शान्ति स्तम्भको आज तत्कालीन नेकपा माओवादी अध्यक्ष तथा हाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले उद्घाटन गर्ने कार्यक्रम छ।

बृहत शान्ति सम्झौताको प्रतिक शान्ति स्मारक अनावरण कार्यक्रम /२०७५ मंसिर २४ गते ।। सिक्लेस, कास्की

Posted by क. प्रचण्ड / Comrade Prachanda on Monday, December 10, 2018