मोडलिङ्गमा करियर खोज्दै अर्चना (फोटो फिचर)

Archana Rai
लाेकपाटी न्यूज

धरान सुनसरीकी अर्चना राई यतिखेर मोडलिङ्गमा स्थापित हुने क्रममा छिन्। त्यसका लागि उनले भविष्य खोजिरहेकी छिन् ।

यो वर्षको एसईई दिएर फुर्सदको समयमा ‘मिस एसएलसी नेपाल’ नामक सौन्दर्य एवं बौद्धिक प्रतियोगितामा भाग लिएकी उनले प्रतियोगितामा बिजेता नभए पनि मोडलिङ्गमा आउन धेरै नै सपोर्ट मिलेको उनको धारणा छ।

उमेरले भर्खरै १७ टेकेकी अर्चना अहिले ११ मा अध्ययन गर्दैछिन्। ५ फिट २ ईन्च उचाईकी उनी म्युजिक भिडियो तथा र्याम्प शोको अवसर प्रतीक्षारतका लागि छिन्।

बिद्यालय स्तरमा हुने बिभिन्न कार्यक्रममा नबिराई आफ्नो कला प्रस्तुत गरेर स्कुलका सबैको मन जितेकी उनले मोडलिङ्गको माध्यमबाट देश, विदेशमा रहेका सबै नेपालीको मन जित्ने सपना बोकेको बताउँछिन् ।

कमलादी, पुतलीसडक स्थित आर्टिस्ट नेपाल स्टुडियोमा फोटोसुट गरेकी उनले म्युजिक भिडियो, चलचित्र र बिज्ञापनमा आफुलाई प्रस्तुत हुन चाहना रहेकोले आर्टिस्ट नेपालमा आबद्द भएको बताइन् ।

परिवारको साथले मोडलिङ्गमा प्रवेश गरेको बताउने अर्चनालाई हेरौं आकर्षक तस्बिरमा ।

Archana Rai1Archana Rai2Archana Rai3