यौनजन्य हिंसा विरुद्ध ‘स्टिकर’ टाँस्दै नेपाल प्रहरी

nepal_polic76
लाेकपाटी न्यूज

काठमाडौं । प्रहरीले सार्वजनिक सवारी साधनमा महिलामाथि हुने यौनजन्य हिंसाविरुद्ध सचेत बनाउन चेतनामुलक स्टिकर टाँसेको छ।

महानगरीय प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र, रानीपोखरीको आयोजनामा सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुब्र्यवहारलाई न्यूनिकरण गरी महिला तथा बालबालिकाहरुको लागि सहज र सुरक्षित यात्रा गर्ने वातावरण बनाउने उद्देश्यका साथ उपत्यकाका २५ स्थानमा चल्ने सवारी साधनमा स्टिकर टाँसिएको हो।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रबिन्द्र केसीले चालक, सह–चालकहरू तथा यात्रुहरुलाई सार्वजनिक सवारी साधनहरुमा यौनजन्य दुव्र्यवहारलगायत अन्य घटना घटेमा तत्काल नेपाल प्रहरीको हटलाईन १०० नम्बरमा जानकारी गराउन अनुरोध गरेका थिए।