सुशिल भन्छन्, ‘संगीतको भूत कसरी चढ्यो मलाई नै थाहा छैन’

Sushil Gartaula
लाेकपाटी न्यूज

काठमाडौं । पछिल्लो शास्त्रीय संगीतका साधकका रुपमा चिनिएका सुशिल गर्तौला गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’बाट ‘शीर्ष ८’ बाट बाहिरिए उनको चर्चा सेलाएको छैन । उनले ब्लाइन्ड अडिसनमा दिएको प्रस्तुतिबाट वाहवाही नै बटुलेका थिए । त्यसपछि उनी दर्शक र कोच प्रमोदको रोजाइमा पररहे ।

उनले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘म क्लासिकल बेस लिएर एउटा रियालिटी शो मा यतिमाथिसम्म आउँछु भन्ने सोचेको पनि थिइनँ । भ्वाइस मेरो टर्निङ पोइन्ट नै भयो । ‘

भ्वाइस आएपछि तीनचार महिनाअघिको लाइफमा पूरै फरक भएको उनको भनाइ छ । क्लासिकल फिल्डको मान्छे हत्तपत्त मिडियामा आउन नचाहने बताउँदै क्लासिकल म्युजिकमा पपुलारिटी भन्ने कमै मात्र हुने उनको धारणा छ ।

व्यक्तिगत जीवनबारे उनी भन्छन्, ‘सामान्य परिवारबाट आएको । संगीतको भूत कसरी चढ्यो मलाई नै थाहा छैन । भ्वाइसमा आएपछि परिवारबाट र आफन्तबाट बढी साथ पाएँ । भ्वाइसमा आउनुअघि म्युजिककै कारण परिवारमा राम्रो नभएपनि अहिले सबैजना सकारात्मक भएका छन् । उनीहरु करियरलाई जोड दिन्थे भने म म्युजिकमै रमाइरहेको थिएँ ।’ संगीतमा लागेपछि भेटेका मानिसहरु कसैले पनि सुशिलले राम्रो गर्‍यो भनेर नभनेको उनी सुनाउँछन् ।

ब्याइन्ड अडिसनको भिडियो हेर्नुहोस् :