यो वाणिज्य बैंकले प्रस्ताव गर्‍यो साँढे ८ प्रतिशत लाभांश

Dividend
लाेकपाटी न्यूज

काठमाडौं, २५ मंसिर । जनता बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई साढे ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंसिर २४ गते बसेको बैंकको संचालक समितिको बैठकले उक्त लाभांशबारे घोषणा गरेको जनाइएको छ ।

बैंकले प्रस्ताव गरेको नगद लाभांश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण हुने बताइएको छ ।