घरमा मुसा र कमिलाको आतङ्क हटाउन यसो गर्नुस्

लाेकपाटी न्यूज

काठमाडौं । घरको भुइँतल्लामा कोठा भएकाहरूको तथा किराना पसल राख्नेहरुको सबैभन्दा ठूलो समस्या भनेकै मुसाले सताउनु हो । गोदाममा चामलको बोरा सबै छियाछिया पारेर काट्ने मुसा, अनि चिनीभन्दा धेरै भएर बस्ने कमिला, यसबाट छुट्कारा पाउनु भनेको असाध्यै गाह्रो हुन्छ । कतिपयले मुसाको विष राख्दा पनि हैरानी कम नभएको हुनसक्छ । त्यसैले आज हामीले तपाईलाई मुसा र कमिलाको आतंकबाट छुटकारा दिने तरिकाबारे जानकारी दिन गइरहेका छौं ।

यदि मुसा र छुचुन्द्रोले सताएको छ भने जुन ठाउँमा धेरै मुसा हिँड्छ/आउँछ, त्यहाँ कालो मरिच छरिदिनुहोस् । मुसालाई मरिचको पिरो मन पर्दैन । र, मुसा आउँदैन ।

चिनीको भाँडोमा कमिला लागेको छ भने त्यस भाँडोमा २/३ वटा ल्वाङ्ग राखिदिनुहोस् । त्यो भन्दा बाहिर कमिला लागेको छ भने त्यहाँ काँक्रोको छिल्का राखिदिनुहोस् । कमिला बस्ने ठाउँ वा प्वालहरूमा काँक्रोको बोक्रा लगेर राखिदिनुहोस् । किनकी कमिलालाई काँक्रो मन पर्दैन ।