हनिमुन मनाउन प्रियंका-निक ओमानमा

Priyanka-Nick
लाेकपाटी न्यूज

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले १० दिनअघि विवाह गरेका थिए । बिहेपछि प्रियंकाले दिल्लीमा पहिलो रिसेप्सन दिएकी थिइन् ।

बिहेपछि पनि उनीहरुले क्वालिटी टाइम बिताउन पाएका थिएनन् । तर, अहिले प्रियंका-निक हनिमुन मनाउन बाहिर गएको खबर आएको छ ।

पछिल्लो समय यी दुई ईशा अम्बानीको संगीतमा सामेल थिए । तर, अहिले यी दुई हनिमुनका लागि ओमान गएको बताइएको छ । प्रियंका चोपडाले इंस्टा स्टोरीमा एक तस्वीर सेयर गरेकी छन् । जसमा समुद्रको किनारमा उनीहरुको मायाको एक स्वरुप देख्न सकिन्छ । तस्वीरको लोकेशन हेरेर उनीहरु ओमान भएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

priyanka