प्रधानमन्त्रीको सम्बोधन : ‘एउटा अनुसन्धान ढिलो हुँदैमा सरकार र प्रहरी असफल हुँदैन’ (पूर्णपाठ)

Kp sharma oli
लाेकपाटी न्यूज

प्रधानमन्त्री के.पी. शर्मा ओलीले २४ मङसिर, २०७५ मा ७०औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्टिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको मन्तव्य

यस समारोहका अध्यक्ष एवम् मानव अधिकार आयोगका अध्यक्षज्यू, माननीय मन्त्री ज्यूहरु, संवैधानिक निकायका प्रमुख ज्यूहरु, मानव अधिकार आयोगका सदस्य लगाएत सम्पुर्ण उपस्थित विशिष्ट व्यक्तित्वहरु, संयुक्त राष्ट्र संघका प्रतिनिधिज्यू, गैरसरकारी संस्थाका देश विदेशका सबै प्रतिनिधि साथीहरु, दाजुभाइ दिदीबहिनीहरु ।

आज एउटा खुसीको दिन हो । मानव जातिले प्राप्त गरेको सबै राष्ट्रका, सबै जातिका, सबै भाषा बोल्ने, सबै आस्था, सबै विश्वासका जनताको सबैभन्दा साझा दस्तावेज, अवधारणा प्राप्त गरेको दिन । यति साझा हुनसक्छ कुनै धर्म विशेषको, कुनै देश विशेषको होला । तर यति साझा, यति सबैको संयुक्त दस्तावेज यो नै सबैभन्दा ठुलो साझा दस्तावेज हो । यस प्रतिको हाम्रो आस्था मानव जातिलाई एउटा समृद्ध, सुखी, सभ्य मानव समाज र तद्अनुसारको मानव जातिमा विकास गर्ने, त्यो मानव सभ्यताको उचाइमा लाने आधार, बाटो र प्रतिवद्धताको रुपमा हामी यसलाई बुझ्न सक्छौं । यस अवसरमा म सम्पूर्ण यहाँ उपस्थित हुनुभएका र हुनुनभएका सबै दाजुभाइ दिदीबहिनी सबै मानज जातिलाई बधाइ भन्न चाहन्छु । यस्तो दस्तावेज हामीले प्राप्त गरेका छौं । जसको ७० वर्ष पुरा भएको छ र हामी ७० औं वर्षगाँठ मनाइरहेका छौं ।

हाम्रो अधिकार, हाम्रो बाँच्न पाउने अधिकारको, सुरक्षा पाउने अधिकारको, सम्मान पाउने अधिकारको, समानता पाउने अधिकारको, मानव हुनुको सम्पूर्ण महत्व र अर्थ पाउने अधिकारको प्रत्याभुत गर्ने दस्तावेज । त्यो दिवस आज हामी मनाइरहेका छौं । त्यसकारण म सबैलाई हार्दिक बधाइ भन्न चाहन्छु । सबैमा धेरै धेरै बधाइ छ । यस्तो कार्यक्रमको आयोजनाको लागि म राष्ट्रिय मानव अधिकार आयोगलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।

हामी पुग्न पर्ने गन्तव्यमा पुगेका छैनौं । अझै समाजमा असमानता छ । गरिबी छ, पछौटेपन छ । त्यसका प्रतिविम्बहरु विभिन्न पक्षहरुमा, विभिन्न क्षेत्रहरुमा परिरहेका छन् । गन्तव्यमा पुगेका छैनौं अर्थात् गन्तव्यमा नपुगिकन पर्याप्त सन्तुष्ट हुन सक्दैनौं । त्यसकारण म भन्दा पुर्व वक्ता साथीहरुले गन्तव्यमा नपुगिएका सन्तुष्टि प्राप्त नभएका पक्षहरु अलिकति उजागर गर्नुभएको छ । म यतापट्टि सरकारको ध्यानाकर्षण पनि गर्नुभएको छ । म धन्यवाद भन्न चाहन्छु ।

म खुसी व्यक्त गर्न चाहन्छु एउटा त मैले संयुक्त राष्ट्र संघको वडापत्र, मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पढेर नै सामाजिक न्याय र समानताको आन्दोलन, निरङकुशता विरोधी आन्दोलन, निर्दलियता विरोधी आन्दोलनमा लाग्नु पर्ने रहेछ भनेर प्रेरणा पाएर अगाडि बढेको थिए । अहिलेसम्म म त्यसमा दृढ छु । अहिलेसम्म मैले बोकेका, अपनाएका र मैले पक्ष पोषण गरेका, पृष्ठपोषण गरेका मान्यताहरु संयुक्त, राष्ट्र संघको वडापत्रमा आधारित छ । र म ति लक्ष्यहरु प्राप्त गर्न क्रियाशील छु, रहनेछु । आज मलाई देशले नेपाली जनताले त्यसको रक्षागर्ने काममा महत्वपूर्ण भूमिका खेल्ने जिम्मा दिएका अवस्थामा मेरो प्रतिवद्धता झन बढी दृढ भएको छ, झन बढी सक्रिय भएको छ ।

मैले यो प्रसंग किन भनेको भने यो १९६५।०६६ तिर हुनुपर्छ नेपालीमा अनुवाद भएको थियो कि थिएन तर मैले अंग्रेजीमा पढन पाएको थिए । र, म त्यसबाट प्रेरित भएको थिए । यी असमानताहरु, यी भेदभावहरु, यी कुराहरु उचित होइन रहेछन्, यीनलाई हटाउन सकिने रहेछन्र विश्वको साझा संस्थाले यिनलाई मान्दो रहेनछ । हटाउ भन्दो रहेछ र म त्यस प्रयासमा लागे । त्यो प्रयासमा लाग्दा जेल जानु प-र्यो, कुटाइ खानु प-र्यो, धेरै वर्ष जेल बस्नु प-र्यो, गोलघर बस्नु प-र्यो । समय त्यस्तो थियो । मानव अधिकार त भन्न पनि पाइदैन्थ्यो । मानव अधिकार पाउने त होइन कि भन्न पनि पाइदैन्थ्यो । त्यस अवस्थाबाट आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । जनताले छानेको सहभागिता मूलक, समावेशी प्रतिनिधित्वको संविधान सभाबाट ७/८ वर्षसम्म गम्भिर छलफल गरेर निर्माण गरेको संविधान । त्यस अन्तर्गत त्यस संविधानले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न सम्पूर्ण शक्तिका स्रोत, अन्तिम निर्णय भनेको छ । हाम्रो संविधानको व्यवस्था त्यो हो । त्यो सार्वभौमसत्ता सम्पन्न जनताले त्यो सार्वभौमसत्ताको प्रयोग कसरी गर्न सक्छ, त्यसको प्रणाली कस्तो बनाउने भन्दा संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नामको व्यवस्था । अथवा संघीय लोकतान्त्रिक गणतान्त्रिक राजनीतिक प्रणाली र संरचना स्थापना गरेर अगाडि जाँदा जनताले आफ्नो सार्वभौमसत्ताको सही ढंगले प्रयोग गर्न सक्छ । आफ्ना अधिकारको प्रयोग गर्न सक्छ, अवसरहरु सम्म पुग्न सक्छ, तिनीहरुको प्रयोग गर्न सक्छ, सबैभन्दा राम्रो सुरक्षाको स्थिति बनाउन सक्छ ।

सबैभन्दा dignify स्वाभिमानी अथवा सम्मानजनक जीन्दगी बाँच्न सक्छ । त्यो प्रणाली स्थापना गरेको छ र त्यस प्रणालीअन्तर्गत संविधानको धारा १६ देखि ४८ सम्म मौलिक हकहरुको प्रबन्ध गरेको छ । ती मौलिक हकहरुमध्ये धारा ४७ र ४८ ले यति समय भित्र तयार गर्नु यस्तो भनेपनि अरु ३१ ओटा १६ देखि ४६ सम्मका ३१ धारा मौलिक हकमा समर्पित छन् । जसका निम्ति हामीले तिनको कार्यान्वयनका निम्ति कानून पनि बनाइसकेका छौं र ती अब कार्यान्वयनमा गएका छन् । हाम्रो डेमोक्रेसी संयुक्त राष्ट्र संघको वडापत्र, मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा जारी गर्ने चेतनामा दुनियाँ पुग्दा र मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा जारी हुँदा नेपाल राणा शासनको बुटमुनि अन्धकारमा थियो । त्यहाँबाट उम्किएर आज हामी यहाँ आइपुगेका छौं र हामी आज संयुक्त राष्ट्र संघ मानव अधिकार काउन्सिलको सदस्य पनि छाँै ।

मानव अधिकारको यहाँ मात्रै रक्षा होइन विश्वव्यापी रुपमा मानव अधिकारको रक्षाको समेत काम गर्ने हाम्रो दायित्व हो आज । हामी त्यस तहसम्म पुगेका छाँै । स्कुल कलेज खोल्न नपाइने ठाउँबाट आज यी सबै मानव अधिकारका पक्ष हुन् अर्को वर्षदेखि हामी स्कुल जाने बालबालिका स्कुल भन्दा बाहिर रहन दिदैनौँ । यसै कारण यस वर्ष मैले कर्णाली पनि पुगेर तराइ पनि पुगेर भर्ना अभियान संचालन गरे र लाखाँै विद्यार्थीहरु आए र केही छुटेको छ । त्यसलाई हामी आगामी वर्ष पुरा गछौं भन्ने विश्वास छ र त्यो campaign को हामी तयारी गरिराखेका छौँ । अब विद्यालय जाने उमेरका बालवालिकाहरु विद्यालय बाहिर हुदैनन् । मैले declare गरेको छु । यति उर्वर देशमा यहाँ विभिन्न विड्मनापूर्ण कामहरु, कुराहरु भएका छन् । अब यस देशमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन । मैले त्यो भनेको छु र कसैलाई भोकले मर्न दिइने छैन । अर्को हरेक वर्ष शीतलहरले तराइमा मान्छे मर्छ । यस पल्ट मैले घोषणा गरेको छु । कोही पनि शीत लहरले मर्न पाउने छैन । हामी जिउँदै हुदा नै कम्मल बाढिसक्छाँैँ । मानव अधिकारको क्षेत्रमा हामीले भोकलाई सम्बोधन गर्ने कुरा, आवासको सम्बोधन गर्ने, कपडा र वस्त्रलाई सम्बोधन गर्ने कुरा, जाडोबाट बच्ने कुरालाई सम्बोधन गर्ने कुरा, शिक्षाको क्षेत्रमा सम्बोधन गर्ने कुरा, सामाजिक सुरक्षाका प्रबन्धहरुलाई सम्बोधन गर्ने कुरा, मानव अधिकारको तरमाथि हिडेको जस्तो गरेर त्यो दुध सेलाएपछि तर लाग्छ अनि हिड्छ नि कमिला समिला । त्यसरी हिडेको छैन यो सरकार ।

यो सरकार मानव अधिकारको जराबाट पानी हालेर, जराबाट मल हालेर । त्यहाँबाट हुर्काएर अगाडि बढीराखेको छ र बढछ । मानव अधिकार उलग्न म भन्न चाहन्छु यसले रंगिचंगी कुरा गर्दैन । अहिलेको सरकार मानव अधिकारको रक्षामा विलकुल प्रतिवद्ध छ । राजनीतिका नाममा कही बम पड्काएको छ, कही बन्दुक देखाएको छ, यति पैसा लेउ नत्र मार्छु भनेको छ, आतंकित बनाएको छ । गर्न दिइदैन त्यस्तो गिरफ्तारी हुन्छ । गिरफ्तार हुदा मानवअधिकारको उलङ्घन भयो नठान्दा हुन्छ । मान्छे मार्न पाइदैन । मान्छे मार्नबाट रोक्ने काम सरकारको हो ।  एक्सटरसनबाट रोक्ने काम सरकारको हो । राजनीतिका नाममा अनुकुल प्रणाली ल्याउने, चुनावमा आउन पाइन्छ, चुनावमा जित्न पाइन्छ, संविधान मन नपरे संशोधन गर्न पाइन्छ, कानून बुहमतले बनाउन पाइन्छ । सबै गर्न पाइन्छ त्यो गरे भयो नि त । अनि मान्छे तर्साएर पैसा असुल गर्ने ? एउटा अपराधीले जेलभित्र बसेर पनि एउटा नेटवर्किङले बाहिर अपराध गर्छ भने एउटा जेलबाट अर्को जेल सार्न नपाइने मानव अधिकारको उलङ्घन भयो त्यो ? अपराधको नियन्त्रण सरकारको कर्तव्य हो ।

म भन्न चाहन्छु कहिले कहिले हामी अत्यन्त दुखित हुन्छाँै । समाजको चेतना निकै पछाडि छ । राज्यले त कसैलाई बोक्सी लगाउदैन नि तपाइहरुलाई थाहा छ नि । राज्यले कसैलाई बोक्सी भनेको छ, तर समाज यस्तो पछाडि छ आफ्नै दिदीबहिनीलाई, आफ्नै आमालाई, आफ्नै भाउजुलाई बोक्सी भनेर सजाय गर्दिन्छ, अपमान गर्छ । त्यस्तोमा हामी सजाय गछाँै । त्यस्तो गर्न हुदैन । सजाय भन्दा अगाडि चेतना फैलाउँछाँै हामी । बोक्सी हुदैन, बोक्सी होइन । छ कोही बोक्सी भन्ने कसैलाई लाग्छ भने त्यो सबै बोक्सी मलाई लगाइदिए हुन्छ मेरा विरुद्ध । बोक्सीले केही बिगारर्छ भने मलाई बिगारे हुन्छ नि । बोक्सी हुदै हुँदैन । किन दिदीबहिनीहरुलाई, आमाहरुलाई निमुखालाई बोक्सी भन्ने । चेतनाको न्यूनता हो ।  त्यो चेतना हामी सबै मिलेर, त्यो पछैटेलाई, सामाजिक पछाँैटेपनलाई अन्त्य गर्नुपर्छ । अब त्यहाँनिर जागरण ल्याउन हामी ध्यान दिएनाँै भने ति घटनाहरु भैरहन्छ । छाउपडी अनुचित कुरा हो । छाउपडी सरकारले गरेको होइन । लोग्नेले गर्छ, सासुले गर्छ । आफै होइन, मैले त छुन हुदैन भनेर बस्न तयार हुन्छ । हालत त्यो छ । त्यो चेतनाबाट उठाउनु छ त्यसकारण सामाजिक जागरण, रुपान्तरण भनेको यत्तिकै सजिलो कुरा होइन ।

सामाजिक जागरण, मान्छेको मनस्थिति, चेतना त्यसमा जागरण ल्याउनु प¥र्यो र हामी त्यो जागरणको त्यो अभियान सञ्चालन गरिराखेका छौँ । जहाँसम्म वाक स्वतन्त्रताको कुरा छ, सिभिल राइटस्को कुरा छ, म भन्न चाहन्छु In Nepal civil rights are not squeezing but we have to demarket  between democracy and anarchism. यो चीजमा हामीले अलिकति डिमार्केट गर्नुपर्ने छ । यो सामाजिक सञ्जाल तपाईहरुले हेर्नुभएको छ । परिवारसँग बसेर हेर्न सकिन्छ ? हामी नेपाली नै होइन त्यो गर्ने ? हामी मोवाइल खेलाउन जान्ने भएका छाँै, सामाजिक सञ्जालमा पस्न जान्ने भएका छाँै, तर हामीले त्यो सिकेका छैनाँै कि हामीले कुन लेबलबाट मानवीय व्यवहार गर्न जान्नुपर्छ । मानवीयता के हो ? हामी कलिला, हुर्किता, राम्रो सचेत नभइसकेका युवाहरुलाई कस्तो Responsible युवा हुनुपर्दछ ? के हो युवा भनेको ? उ भविष्यको कणदार हो । उ कस्तो ज्ञानी सद्गुनी हुनपर्छ भन्ने कुरा कति सिकाउन सकिराखेका छौँ । तर, उसको एक्सेस गलत ठाउँमा भइराखेको छ । गलत ठाउँको एक्सेसबाट हामीले उसलाई सही ठाउँतिर फर्काउनु पर्ने छ । अखबारमा हेर्यो अत्यन्तै घिनलाग्दा अपराध भइरखेका छन् ।

अपराधीले म फलानो ठाउँमा यस्तो गर्छु भनेको हुदैन । अप्ठ्यारो ठाउँ खोजेर भरसक गोप्य रुपले अपराध गर्छ । म धन्यवाद भन्न चाहन्छु प्रहरीलाई । हो कोही कोही कुरामा पत्ता लगाउन सकेको छैन । तर, पत्ता लगाउन सकेको छैन भनेर केही गरेको छैन ? एक टोली पठायो भएन, अर्को टोली पठायो सकेन, फेरि अर्को टोली, अहिले माथिल्लो स्तर एआइजीको तहबाट पठाएको छ र पत्ता लागेर छोड्छ त्यो । पत्ता लाग्छ नै । सरकार पत्ता लगाउन प्रतिवद्ध छ । पत्ता लाग्छ । यो राजनीति गर्ने विषय होइन । संगठित ढंगले एउटा मुभ चलाएर कही पुगिँदैन । यसलाई सचेतनताको प्रोग्राम चलाउन बरु । यो अर्कै प्रकारको मुभ चलाएर कही पुगिदैन । संगठित मुभ बुझ्न सकिन्छ । तर म भन्न चाहन्छु निर्मला हत्याकाण्ड अझै पत्ता लागिसकेको छैन पूर्ण रुपमा । कतिवटा यस्ता घटनाहरु पत्ता नलाग्या छन् नि अपराध अमेरिको क्यालिफोनियामा एउटा विद्यार्थीले ५० औँ विद्यार्थीलाई गोली हानेर मा-यो । त्यस्ता घटना हुँदा रहेछन् नि एउटा सचेत समाजमा पनि यस्ता निस्किन्छ ।

अमेरिकाले आफ्नै राष्ट्रपति मारेको पनि पत्ता लगाउन सकेका छैन, कसले के कारणले मारेको थियो । John of  kenedi को हत्या त अझै पत्ता लागेको  छैन । यस्ता घटनाहरु कहिले कहिले हुन्छन्, हामी दुखित छौँ । एउटा चेली वलात्कृत हुनु, मारिनु भनेको सहन नसकिने कुरा हो । तर, सरकारले त्यहाँ लापर्वाही गरेको छ र ? कुनै कुनै पुलिसले या कुनै कसैले, कुनै पनि संस्थाको कोही व्यक्तिले व्यक्तिगत तवरमा केही गल्ती गरेको छ भने त्यो संस्थालाई नै भन्न हुँदैन, भन्न सकिन्न । मेरो मन्त्रिपरिषद्को कोही मन्त्रीले कुनै गल्ती काम ग-र्यो भन्यो सरकारको त्यही नीति भन्न सकिदैन । त्यो मन्त्रीको गल्ती हो, त्यो मन्त्रीलाई कार्वाही हुन्छ । सरकारको नीति होइन त्यो । कुनै पनि संस्थाको कोही व्यक्तिले गल्ती ग-यो भने त्यो व्यक्ति सजायको दोषी हुन्छ । सजायको भागि हुन्छ तर त्यो संस्था नै त्यस्तो हुँदैन । त्यस कारण संस्थालाई हामीले Blyang गर्न सक्दैनौँ ।

संस्था कसरी काम गरिराखेको छ भन्दा हामीले हेर्न पर्छ । संस्था भरसक प्रयास ठीक ढंगले गरिराखेको छ । हामी सफलताका साथै अगाडि बढेका छौँ त्यसमा, हामीकहाँ द्धन्द्ध थियो, लडाई थियो, त्यो द्धन्द्ध हामीले व्यवस्थापन ग-यौँ, हतियारको व्यवस्थापन ग-यौँ । लडाकुको व्यवस्थापन ग-यौँ । अहिले विभिन्न देशहरुले शान्ति प्रक्रियाको हाम्रो मोडल कसरी यसरी सफल भो ? सजिलोसँग हतियारको व्यवस्थापन सजिलो होइन । यहाँ द्धन्द्धका नीतिको परित्याग, द्धोण्दको अस्त्रहरुको परित्याग, द्धोण्दका संरचनाहरुको परित्याग र शान्ति प्रक्रियामा सहभागिता, संविधान निर्माणदेखि लिएर सबै कुरा, हामी एउटा मेलमिलापको कस्तो भावनाबाट गएका छौँ । त्यस कारण हामीले वृहत शान्ति सम्झौता ग-यौँ । शान्ति प्रक्रिया टुङ्गयौँ, द्धन्द्ध व्यवस्थापन ग-यौँ, लोकतान्त्रिक प्रणाली ल्यायौँ, संघीय गणतन्त्र ल्यायौँ, निर्वाचन गरायौँ, सरकार बनायौँ ।

अब हामी सुशासन र विकासको बाटोतर्फ अगाडि बढेका छौँ । सुशासन र विकासको बाटो सवै पूर्ववक्ता साथीहरुले भन्नुभयो, अघि संयुक्त राष्ट्र संघको प्रतिनिधिले पनि भन्नुभयो । जहाँ गरिबी छ, भोकमारी छ, मान्छे भोकै छ भने त्यहाँ ह्युमन राइटको तपाइ कुन बोल्न पायो कि पाएन भनेर के ? नाङ्गै छ, छोराछोरी पढाउन पाएको छैन, बस्ने घर पाएको छैन, बिरामी हुँदा उपचार पाएको छैन, बुढेसकालमा सामाजिक सुरक्षा पाएको छैन भने अनि ह्युमन राइट खोज्न कहाँ जाने ? त्यही लोप छ नि ह्युमन राइट । भोकमरीमा ह्युमन राइट थिचिएको छ । गरिबीमा ह्युमन राइट थिचिएको छ । अभावभित्र ह्युमन राइट जकडिएको छ त्यसकारण त्यसबाट ह्युमन राइट निकाल्नु प-यो । अर्को सामाजिक पछौँटेपनमा ह्युमन राइट थिचिएको छ त्यसबाट ल्याउनु प-यो ।

कस्तो अच्चम हो मान्छेहरु पीडित हुनु मान्छेबाट, दिदीबहिनीहरु चेलीहरु पीडित हुनु दाजुभाइहरुबाट अत्यन्त असोभनीय कुरा हो । मानवोचित कुरा होइन, यो कुरा हामीले हाम्रो समाजलाई बुझाउनु प-यो । जबसम्म बुझ्दैन, तबसम्म कानून कार्यान्वयन गर्नुप-यो । त्यस कारण प्रहरी चाहियो, कानून चाहियो, अदालत चाहियो, जेल चाहियो सबै कुरा चाहियो र त्यो कुरा सरकार कानून कार्यान्वयन गर्न, अपराध भरसक हुन नदिन, भएमा छानविन गर्न, दोषी पत्ता लगाउन दोषीलाई कानूनको दायरामा ल्याउन र सजायको भागी बनाउन र पीडितलाई राहत दिन, पीडितलाई क्षतिपूर्ति भराउन, पीडितलाई न्याय दिलाउन सरकार प्रतिवद्ध छ ।

म आफूले भोगेको छु मानव अधिकारको अभाव कस्तो हुन्छ ? मैले भोग्याछु ह्युमन राइटको एवसेन्स भनेको के हो ? त्यसको अभावमा के हुन्छ ? कस्तो कस्तो भोग्नु पर्छ भन्ने कुरा मैले भोगेको छु  । म आज पो प्रधानमन्त्री छु त, म त हिरासतमा ड्याम्म ड्याम्म यता र उता फुटबलजस्तो बुट खाने कैदी पनि थिए नि कुनै समयमा । हातमा हत्कडी लगाएर, खुट्टामा नेल लगाएर चिसा सिडीमा गोलघरमा लगेर चुरमुराएर राखिएको मान्छे पनि थिए नि । आज पो म कोट लगाएर यहाँ आएको छु त । काठमाडौंको गोलघरमा चिसोमा हिउँदभरि एउटा पातलो सट, पातलो पेन्ट, सुकुल ओछ्याउन दिदैन, थियो खाली सिमेन्टमा बसेर थरथर कामेर पनि मैले जिन्दगी बिताको छु नि ।

त्यसकारण मैले डेमोक्रेसीको महत्व बुझेको छु । ह्युमन राइटको महत्व बुझेको छु । मलाई जस्तो जाडो हुन्थ्यो अरुका लागि नि हुन्छ । मलाई जस्तो पीडा हुन्थ्यो, त्यस्तै अरुलाई पीडा हुन्छ भन्ने मलाई थाहा छ । त्यसै कारण मैले भन्ने गरेको छु धाक लगाउने गर्या छैन । म गाईभैंसी चराएर हुर्किएको मान्छे हो । गाउका स्कुल पढेर आएको मान्छे हो । राजनीतिक आन्दोलन अभियान गरेर आएको मान्छे हो । मानव अधिकारका लागि लडेर आएको मान्छे हो । त्यसकारण तीन वर्ष अगाडि मैले यसै कार्यक्रममा भनेको थिए, यो मानव अधिकारका निम्ति मेरो लडाई, मेरो सङ्घर्ष आवधिक होइन, मैले अलिक समय कतै जागिर खाएको छु त्यसकारण होइन । यो त मेरो त आजीवनको आस्थाको लडाई हो । त्यसकारण I would like to assure everybody that im always with you in favour of human rights, against the violeters & I will always remain always a fighter for the betterment of human rights. म त्यो यस कारण भन्न सक्छु कि म त त्यसकै लागि आएको छु लडेर । त्यस कारण yes of course there are limitations, we have limitations.  हाम्रो समाजको सामाजिक प्रगतिको स्तर, आर्थिक अवस्था, शिक्षाको स्तर, यी सवै कुराहरुले गर्दाखेरि हाम्रा सीमाहरु छन् । तर there is no limit of my commitment, there are so many other limitations but there is no limit of my commitment. With full commitment, I am in favour of human rights.

आजको दिनमा सबैलाई यस सम्बन्धमा भन्न चाहन्छु र यो सरकारपट्टि आलोचना, I always welcome criticism, always. सरकार शक्तिमा हुन्छ, संगठित हुन्छ त्यस कारण Human Rights Concept पहिले कहाँबाट आयो भन्दा बलियो सरकारले, संगठित सरकारले अंसगठित नागरिकहरुलाई थिचोमिचो गर्छ । त्यस कारण ह्युमन राइट concept चाहियो । मैले भोगेको छु त्यो कमजोर असंगठित नागरिकलाई संगठित वलियो तानाशाही सरकारले कसरी दमन गर्छ भनेर but today the situation is changed.There is nomore autocratic regime and no autocratic government.There is people’s government; responsible to the people. त्यसकारण यसले रक्षा गर्छ । परिस्थिति के फेरिएको छ भने present government does not violet human rights but it prevents, safe guards,it protects,it defends human rights. आजको situation यस कारण परिवर्तित छ । किन भने फेरि यसको अर्थ के भने देखि सम्पूर्ण रुपमा everything is complete भन्ने कुरा होइन no we have limitations, we have lackings but we are trying our best=

त्यसैकारण हामीले भनेका छौँ democracy भनेको खाली पोलिटिकल rights को liberties, freedoms को मात्रै कुरा होइन । we are talking about comprehensive and complete democracy सम्पूर्ण democracy खाने, लाउने, बस्ने, सुरक्षा आदि इत्यादि पढ्ने, लेख्नेदेखि लिएर सम्पूर्ण ताकि एउटा मान्छे अभावरहित पूर्ण मानवको रुपमा बाँच्न सकोस्, त्यो कुरा हो । त्यसकारण म धन्यवाद भन्न चाहन्छु साथीहरुको सजकताका लागि र खास गरी गैरसरकारी संस्थाहरुको तर्फहरुबाट जुन जनभावना राख्नु भयो, organizer को तर्फबाट जुन भावनाहरु राख्नुभयो, बहुतै राम्रा छन् । कुनै प्रकारका कही कमिकमजोरीहरु देखिए भने हामी सरकारको तर्फबाट, सरकारको कुनै निकायमा कमि देखियो भने त्यो सच्याउछौँ, त्यो तपाईहरुले फिल गरिरहनुभएको छ । कही कमि देखियो भने सरकारले सच्याएको छ र थप प्रयास अगाडि बढाएको छ ।

यदि प्रयासहरु कमी देखियो भने त्यसलाई अगाडि बढाएको छ । मेरो विचारमा मानव अधिकार संस्थाहरु, मानव अधिकार आयोगका लगायतका संस्थाहरु वा संयुक्त राष्ट्रसंघ अथवा अरु निकायहरु कसै कोही पनि मानव अधिकार कर्मिहरुसँग सरकारको तादक्मिता, एकता, सहदर्मिता, सहयोग बाहेक अरु केही छैन । त्यसकारण नारा ठिक छ । Let’s work together for better society, for safer society. यस नारामा मानव अधिकारको प्रत्यभूितका लागि let’s work together, governmental and non-governmental organizations & Civil society. We are working together. Sometime may be we criticize eachother, it’s not necessary I think so. We have to work together. Let’s work together.

यस आयोजनाका लागि म धन्यवाद भन्न चाहन्छु साथीहरुलाई सबैलाई धेरै धेरै धन्यवाद । फेरि एकपल्ट यस महान् दिवसमा यस महान उपलब्धिका लागि बधाइ भन्न चाहन्छु । अझ उज्यालो भविष्य होस्, शुभकामना । धन्यवाद ।