‘एक साताभित्र माग पूरा नभए आन्दोलनमा उत्रिन्छौं’

Janyudda Mohan Yonjan
लाेकपाटी न्यूज

काठमाडौं, २५ मंसिर । जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालले एक साताभित्र आफ्ना मागहरु सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा संघ नेपालले पत्रकार सम्मेलन गरेर सरकारलाई जनयुद्धका घाइतेहरुले उठाएका मागहरु नीतिगत रुपमा समाधान गर्न एक साताको अल्टिमेटम दिएको छ ।

जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपाल, प्रदेश नम्बर–२ का संयोजक रमेश कालिकोटेले एक साताभित्र आफूहरुले अघि सारेका मागहरु पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिए ।

कालिकोटेले भने, ‘मुलुकमा परिवर्तन ल्याउनको लागि, लोकतन्त्र र गणतन्त्र ल्याउन हाम्रो योग्दान सानो छैन, हामीले लडेर जीवनको बलिदानसँग साटिएको गणतन्त्रमा हाम्रो अवस्था सडकमा छ, हाम्रो शरिरमा भएको गोली र छर्रा निकाल्न अहिले हामीले सकिरहेका छैनौं । हामीले धेरैपटक सरकारलाई आफ्ना पीडा सुनायौं तर समस्या समाधान भएनन्, आश्वासन मात्रै दिने समास्या समाधानको लागि काम नगर्ने स्थिति छ ।’

जनयुद्धका बेलामा विभिन्न मोर्चामा रहेर परिवर्तनको लाथि बलिदान दिएका मानिसहरुलाई कुनै पद नचाहिएको बताउँदै संयोजक कालिकोटेले निःशुल्क स्वास्थ्योपचार, बालबालिको लागि उच्च शिक्षा प्रदान, गणतन्त्र सेनानीको परिचयपत्र प्रदान, गाँस, बासको व्यवस्था, यति मागहरु नीतिगत रुपमा पूरा गरे आफूहरुलाई राहत हुने थियो भन्ने धारणा राखे ।

त्यस्तै कार्यक्रममा प्रदेश नम्बर–३ का संयोजक मोहनकुमार योञ्जनले पत्रकारहरुलाई जनयुद्धका घाइतेहरुको बारेमा गम्भीर बनिदिन आग्रह गरेका छन् । उनले भने, ‘हामीले हिजोका दिनहरुमा स्कुल पढ्ने समयमा बन्दुक बोक्यौं, परिवर्तन सम्भव हुने थिएन ।