बिहे गर्दै कपिल

Kapil-Ginni
लाेकपाटी न्यूज

एजेन्सी । भारतीय कमेडियन कपिल शर्माले बुधबार अर्थात् १२ डिसेम्बरमा विवाह गर्दैछन् । उनले आफ्नै निवासमा प्रेमिका गिन्नी चतरथसँग वैवाहिक बन्धनमा बाधिँदै छन् ।

कपिलका फ्यानहरुले उनको बिहे लाइभ पनि देख्न सक्ने व्यवस्था मिलाइएको छ । उनको विवाह के ९ नाम गरेको नाम गरेको युट्युब च्यानलबाट प्रत्यक्ष देखाइने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनको बिहेमा उनका नजिकका केही साथीहरु सरिक भएका छन् । भारती सिंह, हर्ष लिंबाचिया, कृष्णा अभिषेक र सुमोना चक्रवर्ती उनको बिहेमा पुगेका छन् ।

कार्यक्रमको लोकप्रियताको ग्राफ बढिरहेको अवस्थामा सहकर्मी सुनिल ग्रोवरसँगको झगडाले कपिललाई डामाडोल बनाइदियो । जसपछि उनी डिप्रेशनको समेत शिकार भएका थिए । अब उनी नयाँ शो लिएर पुन: कमेडीमा फर्कन लागेका छन् ।