न्युक्लियरको रिसर्च सेन्टर खोल्नुपर्छ : मन्त्री पोखरेल

girirajmani pokharel
लाेकपाटी न्यूज

काठमाडौं, २६ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक रहेको बताएका छन् । शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले बुधबार आयोजना गरेको कार्यक्रममा उनले विज्ञान र प्रविधिलाई जीवनका सबै क्षेत्रमा पुर्‍याउन र यसको विकास गर्न नसके समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताए ।

परमाणु विज्ञान तथा प्रविधिको शान्तिपूर्ण तथा सुरक्षित उपयोग गरी राष्ट्रिय विकासको लक्ष्य हासिल गर्ने विषयक कार्यक्रममा मन्त्री पोखरेलले नेपालमा न्युक्लियरको रिसर्च सेन्टर खोल्नुपर्ने आवश्यकता औंल्याए । रेडियो आइसोटप्सहरु नेपालमा नैं उत्पादन गरी स्वास्थ्य लगायतका क्षेत्रमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।

‘कृषिमा, उद्योगमा, जीवनका अन्य पक्षहरुमा र राष्ट्रिय सुरक्षामा न्युक्लियर प्रविधिको प्रयोग गर्न ऐन नभई अगाडी बढ्न सक्ने स्थिति छैन,’ मन्त्री पोखरेलले भने, ‘न्युक्लियर ऐन पास गरेर यससँग सम्बन्धित नियमाक निकाय तुरुन्तै गठन गरेर अघि बढ्नुपर्छ ।’ पारमाणविक प्रविधिको उपयोग सम्बन्धी विधेयक संसदको आगामी हिउँदे अधिवेशनमा पेश गर्ने उनले उनले जानकारी दिए ।

उनले ऐन पारित गर्न सबै दलको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै ऐन पारित भएसँगै यस क्षेत्रमा नियमनका लागि आवश्यक संरचना गठन गर्न तथा पारमाणविक अनुसन्धान केन्द्र खोल्न सकिने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्