मन्त्री बिनाको पहलमा सुरु भयो महिलाहरुका लागि तालिम

Bina Magar
लाेकपाटी न्यूज

कञ्चनपुर, २७ मंसिर । कञ्चनपुरको निर्वाचन क्षेत्र न. १ मा अवस्थित प्रगतिशील महिला समूहका महिला प्रतिनिधिहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले स्यानिटेशन प्याड बनाउने तालिम सुरु भएको छ ।

महिलाहरुमा महिनावारि हुँदा प्रयोग हुने स्यानिटेशन प्याड बनाउने तालिम बुधबारबाट सुरु भएको हो । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको सहयोगमा संचालित पाँच दिने तालिमको निरीक्षण नेकपाका नेता तथा सांसद लेखराज भट्ट र खानेपानी मन्त्री बिना मगरले गरेका थिए । यो तालिम खानेपानी मन्त्री बिना मगरको पहलमा सुरु भएको हो ।

Tranning

तालिमपछि महिलाहरुले उद्योगका लागि काम गर्ने छन् भने केही दिनपछि उक्त प्याड बजारमा बिक्री सुरु हुने बताइएको छ । पहिलो चरणमा २५ जना महिलाहरु तालिममा सहभागी भएका छन् ।

यसअघि कञ्चनपुरको बेलौरीमा प्राकृतिक वनस्पतिबाट बन्ने हस्तकलाका सामाग्रीहरु उत्पादन सम्बन्धी तालिम सम्पन्न भएको थियो भने खानेपानी मन्त्री बिना मगरको पहलमा महिलाहरुलाई स्वरोजगार बनाउन कुखुराको चल्लाहरु वितरण गरिएको थियो ।