एम्बुलेन्स नभएको गाउँपालिकामा अध्यक्ष नै चढ्छन् ६० लाखको गाडी

Gadi
सांकेतिक तस्बिर
लाेकपाटी न्यूज

सिरहा, २७ मंसिर । सिरहाका नौ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म एम्बुलेन्स नभएपछि स्थानीय निराश बनेका छन् ।

स्थानीय सरकार गठन भए पनि एम्बुलेन्सजस्तो अति आवश्यकीय सामग्री नभएपछि स्थानीय निराश बनेका हुन् । लक्ष्मीपुर पतारी गाँउपालिकामा कूल जनसंख्या ३६ हजार ९ सय १३ रहेको छ । ६ वटा वडा रहेका छन् । तर, एम्बुलेन्स सेवा नरहेको स्थानीय बताउँछन् ।

प्रसुती तथा अन्य बिरामी हुँदा अस्पताल पुर्‍याउने साधनको अभाव रहेको स्थानीय दिपेन्द्र यादवले बताए । ‘गाँउपालिकाले आफ्नो लागि गाडी किन्यो । तर, एम्बुलेन्स खरिद गरेका छैनन्,’ उनले भने । लक्ष्मीपुरपतारी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतोले एम्बुलेन्सका लागि केन्द्रमा पत्राचार गरेको बताए ।

उनले सबै सरोकारवाला पक्षसँग छलफलमा जुटेको बताए ।