धनुषा मालपाेतमा भूमिसुधार मन्त्रीको निरीक्षण

Padma Aryal
लाेकपाटी न्यूज

जनकपुर, २७ मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बिहीबार बिहानै अनुगमन गरेकी छन् ।

बुधबार विवाह पञ्चमीका लागि जनकपुर आएकी मन्त्री अर्यालले मालपाेत कार्यालयकाे अनुगमन गरेकी हुन् । अनुगमनमा मन्त्री अर्यालले मालपाेतका ढड्डाहरुकाे अवस्था, सेवा प्रवाहकाे स्थिति, मालपाेतका कागजात प्रादेशिक कार्यालयमा हस्तान्तरणकाे गृहकार्य लगायतका विषयमा जानकारी लिएकी हुन् ।

अनुगमनपछि मन्त्री अर्यालले आधुनिक प्रविधिमा रुपान्तरण गरेर भूमि सम्बन्धी कागजात तल्लाे तहमा हस्तान्तरण गरिने बताइन् । मन्त्री अर्यालले भनिन्, ‘अहिले मालपाेतका कागजात व्यवस्थित छैनन् । हामी सबै फाइललाई स्क्यान गरेर सफ्टवेयरमा हाल्छौं । त्यसपछि बल्ल भूमि सम्बन्धी अधिकार र फाइल तल्लाे तहमा हस्तान्तरण गर्छौ ।’

अनुगमनमा धनुषा मालपाेतका प्रमूख रामबाबु मण्डलले कर्मचारीकाे अभावमा अपेक्षित कार्य सम्पादन गर्न नसकिएकाे बताए । धनुषाकाे एक मात्र सेवा प्रवाह गर्ने कार्यालय साँधुराे भएकाे सेवाग्राहीले गुनासाे गरे ।