गाैशाला गाईगाेठमा शिक्षामन्त्री र भूमिसुधारमन्त्री (भिडियोसहित)

Padma-Girirajmani
लाेकपाटी न्यूज

बर्दिवास, २७ मङ्सिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाेखरेल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल महाेत्तरीकाे गाैशाला नगरपालिका-३ स्थित निगाैलकाे गाईगाेठमा पुगेका छन् ।

बिहीबार दिउँसाे मन्त्रीद्वयले निगाैलमा रहेकाे सरकारी गाईगाेठकाे निरीक्षण गरेका हुन् । राष्ट्रिय विकास बाेर्डले गाैशालामा ३०० गाई पालिरहेकाे छ । मन्त्री अर्याल शिक्षामन्त्री पाेखरेललाई लिएर आफैँ अध्यक्ष रहेकाे गाईगाेठ पुगेकी हुन् ।

निरीक्षणका क्रममा मन्त्रीद्वयले गाईकाे अवस्था, प्रगति लगायतका विषयमा जानकारी लिएका हुन् । सरकारले आफ्नै लगानीमा पालिएका ३०० गाईबाट राम्राे प्रगति हासिल भएकाे राष्ट्रिय सहकारी बाेर्डका सहअध्यक्ष दक्ष पाैडेलले जानकारी दिए ।

भिडियो हेर्नुहोस् :