राजपाको संविधान संशोधन प्रस्ताव दर्ता गर्न अस्वीकार

Parliament samsad
लाेकपाटी न्यूज

काठमाडौं, १६ जेठ। राजपा र समाजवादी पार्टीले दर्ता गराउन लागेको संविधान संशोधन विधेयक संसद सचिवालयले अस्वीकार गरेको छ। संविधानमा रहेका आफ्नो असन्तुष्टिलाई संशोधनमार्फत् समाधान गर्ने भन्दै राजपा सांसदहरुले संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन चाहेका थिए।

‘प्राईभेट बिल’ का रुपमा राजपाले अगाडि बढाएको विधेयक संसदको महासचिवले सभामुखसँग छलफल गर्नुपर्ने भन्दै दर्ता गर्न अस्वीकार गरेको राजपाका महासचिव केशव झाले बताए। उनका अनुसार विधेयक दर्ता गर्न संसद सचिवालयले कसैसँग छलफल गर्नु पर्दैन। तर, विधेयक दर्ता गर्नकै लागि सभामुखसँग छलफल गर्नुपर्ने विषय उठाएर संसदको महासचिवले संसदको मर्यादा उल्लंघन गरेको झाले बताए।

प्रदेशको सीमा, अधिकार, भाषा र नागरिकता लगायतको विषमया मधेशवादी दलहरुले संविधान संशोधनको माग गर्दै आएका छन्। सोही विषयमा अहिले विधेयक दर्ता गराउन खोजेको हो।