‘लैंगिक हिंसा विरुद्धका समाचारलाई प्राथमिकता दिन्छौं’

Journalist CIN
लाेकपाटी न्यूज

काठमाडौं । उपत्यकामा कार्यरत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले आफूले लैंगिक हिंसा विरुद्धका मुद्धालाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् ।

युएन वुमन र सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । आफूलगायत कैयौं सञ्चार माध्यममा कार्यरत महिला पत्रकारले समेत लैंगिक हिंसाका खेप्नुपरेको अनुभव सहभागी महिला पत्रकारहरुले सुनाएका छन् ।

यस्तै युएन वुमनका बिकासका लागि सञ्चार अधिकृत आश्मा श्रेष्ठले राज्यको चौथो अंग नै पत्रकार भएकाले पत्रकारले आफ्नो पत्रकारितामार्फत लैंगिक हिंसाका मुद्धालाई प्राथमिकता दिन जोड दिइन् ।

सामुदायिक सूचना नेटवर्क सीआइएनका प्रमुख दीपक आचार्यले अझै ८७ प्रतिशत नागरिकले महिला हिंसाबिरुद्ध भएका कानूनबारे जानकारी नपाएको सर्वेक्षणले देखाएको बताए ।