‘धर्मको जाति, लिङ्ग र विभेद हुँदैन’

Hari Jib Satya Dharma
लाेकपाटी न्यूज

काठमाडौं, २८ मंसिर । संस्कृतविद् डा. रमेशचन्द्र अधिकारीले ‘हरि जीव सत्य धर्म’ का गुरु कमल प्रसाद भट्टराईको आध्यात्मिक क्षमता देखेर आफू दङ्ग परेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा ‘हरि जीव सत्य धर्म’ले विश्व शान्तिका लागि विश्व महायज्ञको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा.अधिकारीले यस्तो बताएका हुन् ।

उनले भने, ‘विदेशीहरुले हाम्रो सनातन धर्ममाथि हमला गरिरहेको बेलामा गूरु भट्टराईले अंगीकार गर्दै आउनुभएको ‘हरि जीव सत्य धर्म’ले सबैमा धर्मप्रतिको साझा भावनाको विकास गराउने ध्यय राखेको छ, यो धर्म लिङ्गभेद छैन्, कुनै छुवाछुत छैन, हिँसा छैन्, विश्व शान्तिका लागि सयौं वर्षदेखि यो धर्मले आफ्नो क्षेत्रमा काम गरिरहेको छ ।’

कार्यक्रममा धर्मगुरु कमलप्रसाद भट्टराईले आध्यात्मिक शक्ति नै ईश्वरीय शक्ति भएको दावी गरे । उनले भने, ‘धर्म सत्य रहन्छ, धर्म अमूर्त रहन्छ, धर्म भावना जोड्ने सेतु हो, विश्व ब्रह्माण्डका सबै मानिसमा साझा भावना हुनुपर्छ, मिल्नुपर्छ ।’

शान्ति कायम राख्नुपर्ने बताउँदै उनले थपे, ‘सबैमा त्यो भावना उत्पन्न गराउने सक्ने शक्ति नै धर्म हो, संविधानले वर्तमान अवस्थामा सबै धर्महरुलाई साझा बनाएको छ । तर, हाम्रो देशको सनातन धर्म संस्कृति विश्वकै पूरानो र ऐतिहासिक छ, यसको मर्म र भावनालाई जीवित राख्न सरकार र सरोकार पक्षले ध्यान दिनुपर्छ ।’

उनले अघि थपे, ‘सबैका धर्महरु आफ्नो लागि उत्तिकै प्रिय हुन्छन्, हिन्दूहरुले हिन्दू धर्म र राज्यका भलाई हुने काम गर्नबाट पछि हट्नु हुँदैन, धर्ममा कुनै सानो र ठूलो हुँदैन, संसारमा मानिसको जात एउटै हुन्छ, नारीलाई देवीको रुपमा पुज्नुपर्छ, बोक्सीको आरोपमा कुट्नु दण्डनीय हो, नारीमाथिका हिँसाको अन्त्य हुनुपर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्