विप्लव नेकपाकी केन्द्रीय सदस्य उमा भुजेल गोरखा प्रहरीको नियन्त्रणमा

लाेकपाटी न्यूज

गोरखा, २१ जेठ, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ। भुजेललाई कैलाली प्रहरीले मङ्गलवार जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको हो।

भुजेलविरुद्ध गोरखा प्रहरीले यसअघि नै जिल्ला अदालत गोरखामा अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ। त्यही मुद्दाको थप काननी प्रक्रियाको लागि आज जिल्ला अदालतमा उपस्थित गराइने एसपी ओमप्रसाद अधिकारीले बताउनुभयो।

भुजेललाई गएको पुस दोस्रो हप्ता सुनसरी प्रहरीले नियन्त्रणमा लिएको थियो। विभिन्न जिल्लामा रहेका मुद्दाको कानुनी प्रक्रियाका क्रममा पछिल्लो पटक उहाँ कैलाली प्रहरीको नियन्त्रणमा हुनुहुन्थ्यो।

१० वर्ष सशस्त्र युद्धको क्रममा पक्राउ परेर गोरखा कारागारमा रहेको बेला भुजेलसहित अन्य महिला लडाकु गोरखा जेलबाट सुरुङ खनेर भागेका थिए।