२ हजारले बढ्यो सुन

  • 226
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, २५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मार्फत सुनको भन्सार दर बढाएसँगै सुनको मुल्य प्रतितोला २ हजारले बृद्धि भएको छ। सरकारले यसअघि प्रति १० ग्राम सुनमा ६ हजार ५ सय रुपैयाँका दरले लाग्दै आएको भन्सार महशुल बजेटमा २ हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्याइएको छ।

भन्सार बढेसँगै सुनको मूल्य बढेको हो। दैनिक मुल्यदर भने झन् बढ्न सक्ने अनुमान छ। एक तोला सुनमा ११।६६४ ग्राम सुन हुन्छ । आर्थिक वर्षको अन्तसँगै सुनको मुल्य प्रतितोला अब २३ सय ३२ रुपैयाँले महँगिएको छ। यस्तै, चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पुर्याइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्