सुदूर पश्चिम नाकाबाट भित्रिए ४ हजार ९ सय ४५ जना

लाेकपाटी न्यूज

काठमाडौं, २६ जेठ: कामका लागि भारतका विभिन्न शहर गएका र लामो समय भारतमा बन्दाबन्दीमा परेका नेपालीलाई खान बस्नको समस्या भएपछि जेठको देखि हजारौँको सङ्ख्यामा नेपाल भित्रिएका छन्। आइतबार कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकाबाट चार हजार ९४५ जना नेपाली नेपाल भित्रिएका छन् भने उक्त नाकाबाट ४५३ भारतीय नागरिकसमेत भारत बाहिरिएका छन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार आइतबार गड्डाचौकी नाकाबाट ५१५ नेपाली भित्रिएका छन् भने १६३ भारतीय नागरिक बाहिरिएका छन्। उक्त नाकाबाट प्रबेश गर्नेको सङ्ख्या घट्दैगएको छ। त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको सङ्ख्या शनिबारको तुलनामा थोरै घटेको छ। सशस्त्र प्रहरी कार्यालय ३४ नम्बर वाहिनी कैलालीका अनुसार उक्त नाकाबाट चार हजार ४३० नेपाली नागरिक भित्रिएका छन् भने २९० भारतीय नागरिक बाहिरिएका छन्।

योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ यता करिब ९५ हजार नेपाली नागरिक नेपाल भित्रिएका छन् भने बाहिरिनेको सङ्ख्या १२ हजार बढी पुगेको छ। जेठ शुरुदेखि खुला भएको गौरीफन्टा नाकाबाट हालसम्म भित्रिनेको सङ्ख्या ७० हजार बढी पुगेको छ भने बैतडीको झुलाघाटबाट करिब दुइ हजार भित्रिएका छन्। त्यसैगरी कञ्चनपुरको गड्डाचौकी नाकाबाट हालसम्म भित्रिनेको सङ्ख्या करिब २३ हजार पुगेको जनाइएको छ। गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्