प्रतिनिधिको नाराबाजीपछि काँग्रेस महासमिति बैठक अवरुद्ध

लाेकपाटी न्यूज

काठमाडौं, ३ पुस । काँग्रेस महासमिति बैठक प्रतिनिधिहरुले अवरुद्ध गरेका छन् ।

मंगलबारको बैठक विधान संशोधन नल्याएको भन्दै महासमिति सदस्यहरुले नाराबाजी गर्दै अवरुद्ध गरेका हुन् । उनीहरुले संशोधन प्रस्ताव नल्याएसम्म अनिश्चित समयसम्मका लागि बैठक स्थगित गरेका छन् । विधान संशोधन मस्यौदा आएपछि मात्र छलफल गरौँला भन्दै सभापति शेरबहादुर देउवा उठेका थिए ।

बैठक अवरुद्ध भएपछि पार्टीका केन्द्रीय नेताहरु विधान टुङ्गो लगाउन संसदीय दलको कार्यालयमा छलफलका लागि जुटेका छन् ।

केन्द्रीय सदस्यको संख्या, पदाधिकारीको संस्था, क्रियासिल सदस्य संख्याको आधारमा प्रतिनिधि चयन लगायतका विषय विधानमा अझै पनि टुङ्गिएको छैन ।