पीएसजी क्वाटरफाइनलमा

PSG
लाेकपाटी न्यूज

एजेन्सी । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले ओर्लेन्सलाई २–१ ले पराजित गर्दै फ्रेन्च लिग कपको क्वाटरफाइनलमा स्थान बनाएको हो ।

पीएसजीलाई जीत दिलाउन एडिन्सन काभनी र मोसुवा डिवेले एक/एक गोल गरे । त्यस्तै पराजित टिमका लागि जोसेफ रोमेरिक लोपीले एक गोल फर्काए ।

खेलको ४१ औं मिनेटमा पीएसजीका लागि एडिन्सन काभनीले गोल गर्दै टीमलाई अग्रता दिलाए । ६९औं मिनेटमा जोसेफले गोल फर्काएपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । तर, खेलको अन्त्यतिर मासुवा डिवेले गोल गरे । र, खेल पीएसजीले २–१ ले जित्यो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्