मन्त्रिपरिषद् हेरफेर गरिनुपर्छ : नेता पन्त

Raghuji Panta
लाेकपाटी न्यूज

काठमाडौं, ४ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रघुजी पन्तले मन्त्रिपरिषद् हेरफेरको माग गरेका छन् ।

बुधबार नेकपा स्थायी कमिटीको बैठकमा बोल्दै नेता पन्तले यस्तो माग गरेका हुन् । उनका अनुसार प्रधानमन्त्रीले समग्र मन्त्रीहरुको कामको मूल्याङ्कन गर्दै मन्त्री हेरफेर गर्नुपर्छ । सरकारमा गतिशिलता देखा नपरेको बताउँदै उनले सरकारको कामको समीक्षा सरकार स्वयंले नै गर्नुपर्ने धारणा राखे ।

नेता पन्तले विवादमा परेका मन्त्रिमण्डललाई काममा राखिरहन नहुने तर्क गर्दै मन्त्रिपरिषद् पुनगर्ठनको बेला भएको तर्क राखे । सरकारले जनमतको कदर नगरेको उनले आरोप लगाए ।

स्थायी कमिटीको अधिकार कटौती गरी सचिवालयमा केन्द्रिकृत गरिएको बताउँदै उनले उक्त अधिकार कमिटीमै फिर्ता गर्न आग्रह गरे । उनले एसिया प्रशान्त सम्मेलनमा नेताहरु सहभागी हुँदा पार्टीको छवी धमिलिएको उल्लेख गरे ।