ग्राउण्ड रिपोर्ट : नेपालमा भारतीय नोट प्रतिबन्ध, कसलाई घाटा ?

Indian currency
लाेकपाटी न्यूज

एजेन्सी । भारत र नेपाल छिमेकी देश हुन् । यी दुई देशका नागरिकबीच भावनात्मक सम्बन्ध छ । नेपालीले भारतमा गएर काम गर्छन् भने भारतका नागरिक पनि नेपाल आएर काम गर्छन्/गरिरहेका छन् । भारतमा सत्ता फेरिँदा नेपालमा केही हदसम्म  प्रभाव पार्छ । कारण-  कूटनीतिक, आर्थिक र सामाजिक र भौगोलिक हिसाबमा यी हामी नजिक छौं भारतसँग । .

बिहानको समय छ । स्थान- नेपाल र भारतको सीमा वीरगञ्ज । रक्सौलबाट नेपाल जाने गेट नजिक ट्रकहरुको लामो लाइन देखिरहेको छ । .

सामान लोड गरिएको ट्रकहरुको बीचमा फूलले सजाइएका कारहरु पनि छन् । उक्त कारमा बेहुलाबेहुली छन् । बिहेमा दुवै देशमा मानिसहरु छन् ।

नेपालको औद्योगिक राजधानी भनिने गरेको वीरगञ्जमा मसँग हिँडिरहेका स्थानीय पत्रकार अभिषेक पाण्डे भन्छन्, ‘दुवै देशबीच रोटी र बेटीको सम्बन्ध छ । व्यापार मात्र होइन सामाजिक संरचना, परम्परा, धर्म, रहनसहन र बोलीचालीका कारण दुवै देशका नागरिकबीच विवाहवारी हुने गर्छ ।’

बिहारको रक्सौल र नेपालको वीरगञ्जको सीमामा अवस्थित शंकराचार्यद्वारबाट नेपाल-भारत आवतजावत गर्न सकिनेछ ।यसमा कुनै झन्झट हुने छैन ।

नेपालमा भारतीय नोट प्रतिबन्ध

यदि तपाईसँग गाडी छ भने वीरगञ्ज भन्सार कार्यालयबाट एक पर्ची काट्नुपर्छ । जसमा दिनभनरका लागि दोस्रो देशमा आफ्नो गाडी राख्ने अनुमति मिल्नेछ । तर, केही दिनदेखि.यसमा केही समस्या आइरहेको छ ।

नेपाल सरकारले भारतको नयाँ नोट (दुई सय भारु, पाँच सय भारु र दुई हजार भारु)माथि प्रतिबन्ध लगाएको छ । यद्यपी १०० को नोटमा भने कुनै रोकटोक लगाइएको छैन ।

नेपालमा भारतीय मुद्रा

नेपाल सरकारको यस निर्णयले दुई देशबीचको व्यापारिक सम्बन्धमा खटपट आइरहेको छ । विशेषगरी नेपाल र भारतीय सीमावर्ती इलाकामा यसकारण आर्थिक उथलपुथल मच्चिएको छ । नेपालको सीमासँग नजिक रहेका बिहारका सात जिल्ला सुपौल, मधुबनी, अररिया, सहरसा, किशनगंज, पूर्वी चंपारण र पश्चिमी चंपारणका व्यापारी र आममानिसले प्रतिबन्धका कारण समस्या भोग्नुपरेको छ । सीमावर्ती इलाकाका व्यापारी तथा सर्वसाधारण भारतीय रुपैयाँको कारोबारलाई प्राथमिकता दिने गर्छन् । किनकी, भारतीय मुद्रा नेपाली मुद्राभन्दा महङ्गो छ । एक भारतीय रुपए बराबर नेपाली एक रुपैयाँ ६० पैसा हुन्छ ।

कारोबारमा समस्या

रक्सौलका व्यापारी राकेश कुमार वीरगञ्जको आदर्शनगरमा नेपाल स्पोर्ट्स सेन्टर नाम गरेको पसल सञ्चालन गर्छन् । उनी सँधै रक्सौलस्थित आफ्नो घरबाट नेपालमा दिनभर खेलकुदका सामग्री बेच्छन् । र, बेलुका घर फर्कन्छन् ।

कुराकानीको क्रममा राकेश कुमार भन्छन्, ‘आज बिहान आउँदै गर्दा सीमामा तैनाथ नेपाली प्रहरीले मानिसहरुको पर्ससम्म चेक गरिरहेका थिए । प्रतिबन्धित नोट छ कि भनेर । अझ कतिपय मानिसहरुलाई यसबारेमा जानकारीसम्म छैन । यसबारे सरकारले कतै पनि सुचना टाँसेको छैन । यसले आममानिसलाई समस्यामा पार्छ ।’

के राकेश कुमार आफ्नो पसलमा कुनै ग्राहकले प्रतिबन्धित भारतीय नोट ल्याएर सामान खरिद गर्न आए उनले उक्त नोट लिग्लान त ?

जवाफमा उनी भन्छन्, ‘लिन्नँ । यसलाई हामीले रक्सौलमा सजिलैसँग चलाउन सक्छौं । तर, यहाँ प्रतिबन्धित छ । त्यसैले लिन्नँ ।’ नीलाम्बरी स्टोरको नाममा कपडाको व्यवसाय गर्दै आएका सुशील अग्रवाल भन्छन्, ‘अझै पनि अधिकांश मानिसहरुलाई नोट प्रतिबन्धबारे जानकारी छैन । ग्राहकहरु प्रतिबन्धित नोट बोकेर आइरहेका छन् । हामी बाध्यता छ कि त्यो लिन पाइरहेका छैनौं ।’

बेतियाबाट आफ्नो परिवारका लागि कपडा किन्न आएका रतन झुनझुनवालाले सामान किन्नुअगावै सोधे कि नयाँ भारतीय नोट लिनुहुन्छ कि लिनुहुन्न ?

व्यापारी रेहान मलिकले अस्वीकार गर्दा पनि रतन निराश भएनन् । मुस्कुराए । उनले सयको भारतीय नोटको बिटो निकाल्दै भने, ‘मैले खबर पढेको थिएँ । यसैकारण सयको नोट पनि प्रबन्ध गरेको आएको छु ।’

भारतमा टिकेको बजार 

नेपाल सरकारले आधिकारिक रुपमा अहिलेसम्म यसको कुनै कारण बताएको छैन । तर, दुई देशबीचको सम्बन्धलाई नजिकबाट नियाल्नेहरुले भन्छन् कि भारत सरकारले आफ्नो यहाँको पुराना प्रतिबन्धित नोट जुन नेपाल राष्ट्र बैंकमा जम्मा भएको छ । त्यो अझैसम्म लिइएको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार उनीहरुसँग करिब आठ करोड रुपएका पुराना नोट छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी भन्छन्, ‘यो मसला दुवै सरकार मिलेर तय गर्नुपर्छ । भारतको तुलनामा नेपाल निकै सानो छ । यहाँको आर्थिक अवस्था पनि खराब नै छ । यहाँको आधा बजार भारतमै टिकेको छ । सबैभन्दा ठूलो कुरा के हो भने भारत सरकार पुराना नोटलाई लिएर कुनै विचार गरिरहेको छैन । ती पुराना नोट भारतका लागि सानो भए पनि नेपालका लागि महत्वपूर्ण रहन्छ ।’

सटही सुविधाको अभाव

नेपालको विराटनगरदेखि वीरगञ्जसम्मको बजारमा जति भारतीय जान्छन् त्यहाँ मुद्रा साट्नुपर्ने झन्झट हुँदैन । स्थानीय व्यापारी सँधै भारतीय ग्राहकका मुद्रा सहजै स्वीकार गर्दै आएका छन् र बदलिएको परिस्थितिमा भने मुद्रा सटहीको अभाव सामना गरिरहेका छन् ।

अभिषेक पांडेय बताउँछन्, ‘रक्सौल र वीरगञ्जमा मुद्रा सटही सुविधाको अभाव छ । वीरगञ्जमा मात्र एउटा आधिकारिक सटही केन्द्र छ । तर, त्यहाँसम्म पुग्न गाह्रो छ किनकी तपाईले त्यसका लागि भारतीय नोट लिएर बोर्डर पार गर्नुपर्ने हुन्छ । जसको इजाजत छैन । र, सीमा पारी रक्सौलमा त यस्तो कुनै सुविधा नै छैन ।’

विकल्प के ?

यसबारे अभिषेक भन्छन्, ‘हो, नेपालका केही बैंकहरुमा यो सुविधा छ कि भारतीय बैंकद्वारा जारी एटिएमबाट तपाई नेपाली मुद्रा निकाल्न सक्नुहुनेछ । यो सुविधा वीरगञ्जमा पनि छ ।’

त्यस्तै यहाँ अवैध रुपबाट नोट साट्ने काम पनि हुने गरेको छ । स्थानीय भाषामा यसलाई सटही काउन्टर भन्छन् । जहाँ कमिसनमा नोट साटिन्छ ।

पत्रकार अभिषेक पांडेय सरावगीको कुरालाई बढावा दिँदै भन्छन्, ‘अफ्ट्यारो यो हो कि दिल्ली र काठमाडौंमा बसेर यहाँका स्थानीयको समस्या बुझ्दैनन् । हाम्रो सम्बन्ध न व्यापारको मात्रै नभई सामाजिक पनि हो ।’

के अब नेपाल र भारतबीचको वर्षौंदेखि चलिआएको ‘रोटी र बेटी’को सम्बन्ध अब नोटका कारण दरार आउने त होइन ?

जवाफमा मेयर सरावगी भन्छन्, ‘हेर्नुहोस्, नोट प्रतिबन्धका कारण सम्बन्धमा नराम्रो त आउनेछ । व्यापार सुगमता कम हुनेछ । दुवै देशको रोटी अर्थात् व्यापारमा कमी हुनेछ । तर, नेपाल र भारतका केही इलाकाको सामाजिक संरचना, परम्परा र रहनसहन एकजस्तै छ । त्यसकारण दुवै देशबीचको बेटीको सम्बन्धमा कहिल्यै पनि सकिने छैन ।’