महाप्रबन्धक डा. सुवेदीको राजीनामा

Aaushadhi Ltd
लाेकपाटी न्यूज

काठमाडौं, ४ पुस । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा. रोबसकुसुम सुवदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट बुधबार राजीनामा दिएका छन् ।

खुला प्रतिस्पर्धाबाट सो पदमा उनले विसं २०७३ पुस ७ गतेदेखि कार्यभार सम्हालेका थिए । बुधबार उद्योग मन्त्रालयका सचिव यमकुमारी खतिवडासमक्ष आफूले राजीनामापत्र बुझाएको उनले जानकारी दिए ।

उनले आफ्नो कार्यकालमा प्रायः बन्द अवस्थामा रहेको लिमिटेडलाई पुन: सञ्चालन गरी सिटामोल जीवनजल उत्पादन शुरु गराएका थिए ।