विद्युतीय शवदाहमा नौ हजारको अन्तेष्टि

Coffin-crematorium-2
लाेकपाटी न्यूज

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिएको छ । बुधबार दिउँसो उनको अन्तेष्टि गरिएको हो ।

विद्युतीय शवदाहगृहमा पूर्वमन्त्री एवं न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा र नेपाली नागरिकता लिएकी बारबरा एडम्सलगायतको अन्त्येष्टि भएको थियो । विद्युतीय शवदाह गृहमा हालसम्म नौ हजार २५१ को शव जलाइएको कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले जानकारी दिए ।

वि.सं. २०७२ माघ १० गतेदेखि विद्युतीय शवदाह गृह सञ्चालनमा आएको हो । तीन वटा चेम्बर भए पनि हाल दुई वटामात्र चलिरहेको कोषले जनाएको छ । दुई वटा चल्दा पनि आलोपालो गर्नुपर्छ । अर्को चेम्बर चलाउन टेण्डर आह्वान गर्ने प्रक्रिया शुरु भएको छ ।

विद्युतीय शवदाह गृहमा आकर्षण बढे पनि पालो कुर्नुपर्ने समस्या रहेको जनाइएको छ । विद्युतीय यन्त्रबाट एक घण्टामै दाह संस्कार सकिन्छ । दाउराबाट संस्कार गर्दा चार घण्टा लाग्छ । विद्युतीय शवदाह गृह वातावरणमैत्री हुन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्