नेकपा स्थायी समितिको बैठक स्थगित

CPN Dhumbarahi
लाेकपाटी न्यूज

काठमाडौं, ५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।

बिहीबार बसेको बैठकमा ८ सदस्यले धारणा राखेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । आगामी बैठक भोलि बिहान ८ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ ।

नेकपाको जारी स्थायी समितिको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमा सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । बैठक गत शनिबारदेखि जारी थियो ।

बैठकमा ‍ओली खेमाका नेताहरुले सरकारको बचाउ गरिरहेका छन् भने अन्य नेताले सरकारको आलोचना गरिरहेका छन् ।

बिहीबार बसेको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल र माृतका यादवले आ-आफ्नो धारणा राखेका थिए ।