अस्पताल पुगे ओबामा

barak obama as santa
लाेकपाटी न्यूज

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा वासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पतालमा स्यान्टा क्लजको पहिरनमा पुग्दा बिरामी बालबालिकाहरुका अनुहारमा खुसी देखिन्थ्यो । बिरामी बालबालिकालाई ओबामाले भेटेर अंकमाल गरी उपहार दिएका थिए ।

क्रिसमसको अवसरमा स्यान्टा क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर क्रिसमसको शुभकामना दिन उनी अस्पताल पुगेका थिए । उनले त्यहाँ रहेका बालबालिकालाई उपहार दिनुका साथै क्रिसमस क्यारोलसमेत गाए । उनले अस्पतालमा रहेका बिरामी बालबालिकाका अनुहारमा खुसी ल्याउनुका साथै उनीहरुसँग तस्बिरसमेत खिचाए ।

अस्पतालम रहेका चिकित्सक, नर्स, बालबालिका र तिनका परिवारले ओबामालाई स्वागत गरेका थिए । ओबामालाई यस्तो अवस्थामा देखेर अधिकांश व्यक्तिहरू आश्चर्यमा परेका थिए ।

वासिंटन पोस्टका अनुसार उनले अस्पतालमा करिब डेढ घन्टा बिताएका थिए । उनले अस्पतालमा बालबालिकासँगै तिनका परिवार, चिकित्सक तथा नर्ससँगसमेत भलाकुसारी गरेका थिए ।