बिग बास : डेब्यू खेलमै सन्दीपको सनसनीपूर्ण प्रदर्शन

Sandeep Lamichhane
लाेकपाटी न्यूज

काठमाडौं, ६ पुस । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको उच्च डिभिजनको लिग बिग बासको डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

शुक्रबार जारी सिड्नी थण्डरविरुद्धको खेलमा डेब्यु गरेका सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिए । राम्रो इकोनोमीमा बलिङ गरेका सन्दीले पहिलो ओभरमै ३ रन दिएर २ विकेट लिएका हुन् ।

सिड्नी थण्डरका कप्तान शेन वाट्सनलाई उनले दोस्रो बलमा २२ रनमा क्याच आउट गराए । त्यस्तै ओभरको अन्तिम बलमा उनले म्याकुलम फेर्गुसनलाई १५ रनमा पेभेलियनको बाटो देखाए ।