बागमती प्रदेश प्रहरी स्तरीय कार्य सञ्चालन सम्पन्न

pic
लाेकपाटी न्यूज

काठमाडौं, २७ असार। बागमती प्रदेश प्रहरी स्तरीय कार्य सञ्चालन समीक्षा तथा आगामी कार्यनीति सम्वन्धी छलफल कार्यक्रम तथा कार्यसम्पादन करार सम्झौता काभ्रेको धुलिखेल जिल्ला प्रहरी कार्यलयमा सम्पन्न भएको छ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको प्रमूख आतिथ्यतामा प्रदेश प्रहरी प्रमूख वसन्त कुमार लामा र जिल्ला प्रहरी प्रमूखहरु बिच कार्यसम्पादन करार सम्झौता सम्पन्न भएको हो।

जिल्लाभर शान्ती सुरक्षा, अपराध एवं नियन्त्रण, ट्राफिक ब्यवस्थापनको अवस्था, चुनौती, कोभिड–१९ नियन्त्रण तथा संक्रमण व्यवस्थापन, प्रहरी कर्मचारीहरुलाई कोरोना संक्रमणबाट बचाउन अवलम्वन गरिएका कार्यहरु, कार्य संचालनका समस्याहरु, लकडाउनको समयमा सुरक्षामा आई पर्न सक्ने चुनौतीहरु र रोकथामको कार्ययोजना, प्रदेश प्रहरी कार्यलयबाट गरिएका अपेक्षाहरु‚ जिल्लाहरुको कोभिड–१९ नियन्त्रण तथा संक्रमण व्यवस्थापन गर्न अपनाईएका विशेष प्रयासहरुको बारेमा छलफल गरिएको थियो।

जिल्ला प्रहरी प्रमूखहरुले आ–आफ्नो जिल्लाको शान्ती सुरक्षा र कोभिड– १९ नियन्त्रण तथा संक्रमण ब्यवस्थापन गर्न अपनाईएका विशेष प्रयासहरुको बारेमा र प्रदेश सरकारबाट प्राप्त विभिन्न जिल्लामा निर्मानाधिन प्रहरी भवनहरुको प्रगति विवरण समेतको प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा बागमती प्रहरी प्रमूख वसन्त कुमार लामा,संघीय प्रहरी इकाई प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी,बागमती प्रदेश प्रहरी कार्यलयका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी र काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्ला प्रहरी प्रमूखहरुको उपस्तिथि रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्