मार्क्स–एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्रमा के छ ? (पूर्णपाठ)

Karl-Marx-Friedrich-Engels
  • 13
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। कम्युनिष्ट घोषणापत्र विश्वप्रसिद्ध चिन्तक कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले लेखेको विश्वचर्चित रचना मानिन्छ। यो घोषणापत्र नै विश्व कम्युनिष्ट आन्दोलनका लागि त्यस्तो वैचारिक दिशानिर्देश हो, जसले संसारभरिका कम्युनिष्टहरुलाई बाटो देखाउँछ।

सन् १८४७ मा सम्पन्न कम्युनिष्ट लीगको अधिवेशनले लीगको घोषणापत्र लेख्ने जिम्मेवारी कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सलाई दियो। मार्क्स–एंगेल्सले एक वर्ष लगाएर सन् १८४८ फेब्रुअरीमा घोषणापत्र तयार पारेका थिए। त्यही घोषणापत्र सन् १९६० को दशकमा विश्वभरि एकतिहाई भू–भागमा समाजवादी सत्ता स्थापना भए।

मार्क्स–एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र संक्षिप्त तर धेरै गहन छ। चार अध्यायमा लिखित घोषणापत्रको पृष्ठभूमिमा यूरोपको पूँजीपति वर्गलाई साम्यवादको भूतले तर्साएको र कम्युनिष्ट सिद्धान्त अकाट्य वस्तुगत तथ्यका रुपमा आएको चर्चा गरिएको छ। पृष्ठभूमिमा मार्क्स–एंगेल्सले कम्युनिष्टहरु आफ्नो रणनीति नलुकाउने स्पष्ट पार्दै आफूहरुद्वारा लिखित घोषणापत्र पनि खुला संघर्षका लागि अघि सारिएको चर्चा गरिएको छ।

घोषणापत्रमा आजसम्मको सम्पूर्ण मानव जातिको इतिहास वर्गसंघर्षको इतिहास भएको संश्लेषण गरिएको छ। घोषणापत्रले निजी सम्पत्तिको उन्मूलन नै कम्युनिष्ट समाजको अन्तिम लक्ष्य भएको चर्चा गर्दै क्रान्तिकारी सर्वहारा वर्गले उक्त कार्यभार पूरा गर्ने विश्लेषण गरिएको छ।

चार अध्यायमा लिखित घोषणापत्रमा पूँजीपति र सर्वहारा, सर्वहारा र कम्युनिष्ट, समाजवादी र कम्युनिष्ट साहित्य र विद्यमान विरोधी पार्टीहरुका सन्दर्भमा कम्युनिष्टहरुको स्थिति समावेश गरिएको छ। घोषणापत्रको संश्लेषण गर्दैं मार्क्स–एंगेल्सले निजी सम्पत्तिको उन्मूलत र कम्युनिष्ट समाजको निर्माणका लागि सर्वहारा वर्गको अवश्यम्भावी विजयको निष्कर्ष निकालेका छन्।

यस्तो छ घोषणापत्रको पूर्णपाठ

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्