मन्त्री मातृका यादव नर्भिकमा भर्ना

Matrika Yadab
लाेकपाटी न्यूज

काठमाडौंः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव अस्पताल भर्ना भएका छन्।

यादवको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको हो। उनलाई शुक्रबार साँझ अध्यधिक टाउको दुखेपछि अस्पतालमा भर्ना भएको उनको सचिवालय स्रोतले जनाएको छ।

उनी लामो समयदेखि युरिक एसिडका विरामी छन्। नर्भिक अस्पतालले यादवको स्वास्थ्य खतरामुक्त रहेको जनाएको छ। तर, केहीदिन डाक्टरहरूकै निगरानीमा राखेर उनको उपचार गर्नुपर्ने अस्पताल स्रोतले जनाएको छ।