नेपाल एयरलाइन्सले हटायो १४५ कर्मचारी

nepal-airlines
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १४५ जना कर्मचारीलाई हटाएको छ। निगमले असार मसान्तमा करार अवधि समाप्त भएका २२५ कर्मचारीमध्ये तत्काल आवश्यक रहेका ८० जनाको नवीकरण गरी बाँकी १४५ जनालाई हटाएको जनाएको छ।

यसबाट मात्र निगमले वार्षिक रुपमा करिब ५ करोड रुपैयाँ जोगिने जनाएको छ। निगमले कोरोनाभाइरस नियन्त्रण भइ अवस्था सामान्य बन्दै गएमा र कर्मचारीको आवश्यकता परेमा उनीहरुलाई नै प्रथमिकता दिने पनि स्पष्ट पारेको छ।

यस्तै, लामो बन्दाबन्दीका कारण उडान प्रभावित भएकाले आय पनि करिब ९० प्रतिशतले घटेको जनाएको छ। निगमले आइतबार सञ्चारकर्मीहरुसँगको छलफलमा आन्तरिक उडान समेत बन्द गर्नुपरेको अवस्थामा निगमलाई बचाइराख्न खर्च कटौतीमा हरसम्भव प्रयास गर्ने बताएको छ।

निगमले यसअवधिमा ७७० जना विदेशी यात्रुको उद्धार गरिनुका साथै १२ हजार २६३ नेपाली नागरिकको उद्धार गरिएको जनाएको छ। निगमले लकडाउनको दौरानमा ९७ वटा उडान गरेकोमा त्यसमध्ये १० वटा मेडिकल चार्टर, २१ वटा यात्रु चार्टर र ६६ वटा उद्धार उडान रहेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्