सर्लाहीमा युवकको विभत्स हत्या

murder in sarlahi
लाेकपाटी न्यूज

सर्लाही, ७ पुस । सर्लाहीको बरहथवा नगरपालिकामा एक युवकको वीभत्स तरिकाले हत्या भएको छ । बरहथवा–५ का राम बिलास महतोका ३० वर्षीय छोरा मालिक महतोको धारिलो हतियारले टाउको क्षतविक्षत गरी हत्या गरिएको छ ।
शनिबार बिहान घरभन्दा १ किलोमिटरको दूरीमा सडकमा महतोको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

नयाँरोड बरहथवा सडकखण्डबाट हात्तीडण्डातर्फ जाने भित्रीबाटोमा सोती चोरनिया पुल नजिक टाउको क्षतविक्षत र घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको इलाका प्रहरी कार्यालय प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

मोबाइलमा फोन आएपछि राति घरदेखि बाहिर निस्केको महतो अबेर रातिसम्म घर नफर्केको र मोबाइल अफ बताएपछि घर परिवारका व्यक्ति खोजतलास गर्दा महतो मृतावस्थामा फेला परेको स्थानीयवासी अशोकसिंह कोइरीले जानकारी दिए ।

मृतक महतो वाग्मती नगरपालिकाको जिरायतमा आफैँले सञ्चालन गरेको निजी विद्यालयमा पढाउँदै आएका थिए । हत्यामा संलग्नको खोजी तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

हत्यारलाई पक्राउ गर्नुपर्ने माग गर्दै आफन्त तथा स्थानीयवासीले प्रहरीलाई शव उठाउन दिएका छैनन । मृतकका डेढ वर्ष र चार वर्षका दुई छोरा छन । शव उठाउन नदिएपछि कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्