थप १८६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति संक्रमित थपिए ?

corona doctor
लाेकपाटी न्यूज

काठमाडौं। नेपालमा आइतबार थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ६, झापाका ३, इलामका १, मोरङका १, सिराहाका १, सप्तरीका ९, धनुषाका २, पर्साका ४, बाराका ४६ जना रहेका छन्।

काठमाडौंका २, सर्लाहीका २३, सोलुखुम्बुका ४, ललितपुरका १, कास्कीका ८, लमजुङका १, तनहुँका २, स्याङजाका १, बाँकेका २, रोल्पाका ४, सल्यानका ३, रुकुमका ७, दाङका ६, दैलेखका २, सुर्खेतका ४, हुम्लाका १, कालिकोटका १, कैलालीका १ तथा डोटीका ४० जना संक्रमित थपिएका छन्।

यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप १७३ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ८६८ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्