लकडाउनयता नीजि विद्यालयका तीन सय शिक्षक बेरोजगार

Teacher
लाेकपाटी न्यूज

काठमाडौं, ८ साउन । लकडाउनयता नीजि विद्यालयका तीन सय शिक्षक–कर्मचारी बेरोजगार भएका छन्। संस्थागत विद्यालय शिक्षक युनियनका होमकुमार थापाका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ शिक्षक निश्कासनमा परेका छन्।

जागिरमा बहाल रहेका कतिपय शिक्षक–कर्मचारी पनि तलब सुविधा पाएका छैनन्। ‘यो हामीकहाँ परेको उजुरी मात्रै हो, निश्कासित शिक्षक–कर्मचारीको संख्या त्योभन्दा बढी हुनसक्दछ,’ थापा भन्छन्, ‘शिक्षक कर्मचारीलाई निश्कासन गर्न तत्काल बन्द गरियोस् ।’

निश्कासनमा परेका शिक्षक–कर्मचारीलाई तुरुन्त पुनर्बहाली नगरे आफूहरूले कडा आन्दोलन गर्ने थापाले चेतावनी दिए। यो विषय शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, स्थानीय सरकारहरूलाई पनि अवगत गराइसकेको थापाले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्