कसरी पसेको थियो अफगानिस्तान र सिरियामा अमेरिकी सेना ?

us-army-safety
लाेकपाटी न्यूज

पुस ७ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी वल्र्ड ट्रेड सेन्टरका दुई अग्ला भवन र अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनमा इश्लामिक आतङ्कवादी समूह अल कायदाले गरेकोे दावी अमेरिकाको छ । उक्त आक्रमणमा दुई हजार ९९६ जनाको मृत्यु भएको थियो भने करिब छ हजार व्यक्ति घाइते भएका थिए ।

आक्रमणबाट क्षणभरमै दश अर्ब अमेरिकी डलर बराबरको भौतिक संरचना तथा सम्पत्तिमा क्षति पुगेको थियो । प्रभावित थप केही व्यक्ति उक्त आक्रमणपछि क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोगका कारण ज्यान गुमाएका थिए । आक्रमणका मुख्य योजनाकार ओसामा विन लादेनले अफगानिस्तानमा बसी आतङ्कवादी गतिविधि सञ्चालन गरेको दावी गर्दै उनलाई पक्राउ गरी अमेरिकालाई बुझाउन तत्कालिन सरकारलाई आग्रह गरिएको थियो ।

तर, अफगानी तालिवान समूहले लादेनले आक्रमण गरेको प्रष्ट प्रमाण नपाएसम्म उनलाई पक्राउ गरी अमेरिकालाई बुझाउन असहमत बनेपछि अमेरिकाले ठूलो मात्रामा अफगानिस्तानमा आफ्नो सेना पठाएको थियो । त्यही शक्ति अहिलेसम्म अफगानिस्तानमा निरन्तर रहँदै आएको छ । यद्यपि आक्रमणका योजनाकार लादेन अमेरिकी सेनाको कार्बाहीमा केही वर्ष पहिले मारिइसकेका छन् ।

त्यस्तै अमेरिकाले सिरियामा प्रवेश गर्नुको मुख्य योजना रूस समर्थक सिरियाली राष्ट्रपति बसर अल असदको सर्वसत्तावादी सोचलाई पराजित गरी सिरियामा प्रजातन्त्रवादी समूहको सरकार स्थापना गर्नु रहेको छ । अमेरिकाले सिरियामा अपेक्षाकृत सफलता पाएको देखिँदैन किनकि उसले सिरियाली सरकारसँगै रूसी हतियार विरूद्ध लड्नु परेको छ ।

अमेरिकाले सहयोग गरेका सिरियाली विद्रोही समूहहरूको एउटै लक्ष्य छैन । बसर अल–असदलाई सत्ताबाट हटाई सिरियामा प्रजातन्त्रको स्थापना गर्ने उद्देश्य राखेको ‘फ्रि सिरियन आर्मी’लाई खाद्यान्न र आर्थिक सहयोग दिएर शुरू भएको सहयोग अभियानलाई अमेरिकाले अहिले विद्रोहीलाई सीमित तर उच्च कमाण्डरलाई सैन्य तालिम, आर्थिक तथा गुप्तचर सहयोगसहित सघाउँदै आएकोमा उद्देश्य प्राप्त हुने नदेखिएपछि यसलाई पछिल्लो समय (सन् २०१७ को मध्यबाट) रोकेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्