काठमाडाैँका तीन स्थानमा चोरी

Thief
लाेकपाटी न्यूज

काठमाडौँ, ७ पुस । काठमाडौँ महानगरपालिका–४ टुँडालदेवीस्थित आकाशगङ्गा कृषि सहकारी संस्थाबाट करिब रु. ५ लाख ९१ हजार चोरी भएको प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिका–१६ माछापोखरी कुमारीस्थान डेरा गरी बस्ने नुवाकोटका केशव बराल र धादिङ छत्रेदेउरालीका अर्जुन रिजालको डेराबाट शुक्रबार करीब रु. ७ लाख २३ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिका–१८ नरदेवी डेरा गरी बस्ने काभ्रेकी सुस्मिता श्रेष्ठको कोठाबाट गरगहना र नगदसहित करीब रु. १ लाख बढीको धनमाल चोरी भएको र संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।