कालीकोटमा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु

pahiro
सांकेतिक तस्बिर
लाेकपाटी न्यूज

कालीकोट, १४ साउन। कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। बुधबार बिहान गएको पहिरोमा वडा नम्बर ७ का ७ जना र वडा नम्बर ४ का दुई जनाको मृत्यु भएको कालीकोट प्रहरीले जनाएको छ।

नरहरीनाथ ७ मा का गंगे बुढाको घर पुरिँदा उनीसहित ६ जना पुरिएका थिए। पहिरोले घरसहित पुरिएका ६२ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैनी बुढा, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढाको मृत्यु भएको हो।

छोरी विमला बुढाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही गाउँपालिकाको वडा नम्बर ४ मा गएको पहिरामा परी दुई जनाको मृत्यु भएको छ। बुढाको घर पुरिँदा उनीसहित उनकी श्रीमती मुना बुढाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्