भारतमा एकैदिन ५७ हजारभन्दा बढीमा कोरोना पुष्टि

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं। भारतमा एकै दिन ५७ हजार भन्दा बढी कोरोनाबाट संक्रमित भएका छन्। भारतमा कोरोना संक्रमितको यो संख्या हालसम्मकै उच्च हो।

पछिल्लो २४ घण्टामा ५७ हजार १ सय १७ जनामा संक्रमित हुँदा ७ सय ६४ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै संक्रमित राज्यमध्ये तेस्रोमा आंध्र प्रदेश परेको छ।

शुक्रबार मात्रै आन्ध्र प्रदेशमा १० हजार ३ सय ७६ नयाँ संक्रमित थपिएका हुन्। त्यसैगरी महाराष्ट्रमा थप १० हजार ३ सय २० जना संक्रमित भएका छन्।

योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या १६ लाख ९५ हजार ९ सय ८८ पुगेको छ भने ३६ हजार ५ सय ११ जनाको मृत्यु भएको छ।